ब्राजिलका राष्ट्रपतिविरुद्ध मुद्दा लगाउन संसदीय समितिको सुझाव

१० कार्तिक २०७८, बुधबार १५:१९ मा प्रकाशित

रियो दि जेनेरियो । ब्राजिलको संसदीय समितिले राष्ट्रपति जैर बोल्सोनाविरुद्ध अपराधिक मुद्दा लगाउन सुझाव दिएको छ ।

कोभिड महामारी नियन्त्रणमा प्रभावकारी कदम नचालेको विषयमा सिनेटले तयार गरेको एक प्रतिवेदनका आधारमा संसदीय समितिले राष्ट्रपतिविरुद्ध मुद्दा लगाउन सुझाव दिएको हो ।

ब्राजिलमा कोभिडका कारण ६ लाख जनाको मृत्यु भइसकेको छ । समितिले आफ्नो प्रतिवेदन महान्यायाधिवक्तालाई बुझाउने छ । प्रतिवेदनमा राष्ट्रपतिले महामारीको समयमा १३ गम्भीर अपराध गरेको आरोप लगाएको छ । ६ महिना लामो अध्ययनपछि तयार पारिएको १२ सय पेज लामो प्रतिवेदनमा बोल्सोनारोमाथि बिभिन्न १३ ओटा आरोप लगाइएको छ । राष्ट्रपतिले आफूमाथि लागेका सबै आरोप अस्वीकार गर्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

लिमा । पेरुमा शक्तिशाली भूकम्प गरेको छ । उत्तरी पेरुमा ७ दशमलब ५ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पबाट एउटा

अस्ट्रेलियामा पनि कोभिडको ओमिक्रोन भेरियन्ट देखिएको छ । दक्षिण अफ्रिकाबाट सिड्नी आएका दुई यात्रुमा भाइरस देखिएको हो । उनीहरु दक्षिण

चीनको सेनाले ताइवानको सीमानजिकको टापुमा हवाई तथा सामुद्रिक गस्ती गरेको छ । चीनको वायु र जलसेनाले ताइवानको टापुमा गस्ती बढाएको

क्यानबेरा । अष्ट्रेलियाले दक्षिण अफ्रिकामा देखिएको कोरोनाभाइरसको नयाँ संस्करण भित्रिन नदिनका लागि नाकाबन्दी गर्न सक्ने जनाएको छ । अष्ट्रेलियाका स्वास्थ्य