हिना र विलावलबीचको प्रेमसम्बन्धले पाकिस्तानी राजनीतिमा भूकम्प

११ आश्विन २०६९, बिहीबार ११:१६ मा प्रकाशित

काठमाडौं, (एजेन्सी) ११ असोज । पाकिस्तनका राष्ट्रपति आसिफ अलि जर्दारीका पुत्र बिलावल भुट्टो र प्रभावशाली विदेशमन्त्री हिना रब्बानी खारको सम्बन्धले पाकिस्तानी राजनीतिलाई तताएको छ ।
उल्लेखित दुवैबीचको अन्तरंग सम्बन्धले आक्रोशित बनेका हिनाका श्रीमान् धनाढ्य व्यवसायी फिरोज गुलजारले उनीहरूबीचको कल डिटेल्स खोतलिरहेका छन् । यसले उनीहरू बीचको रोमान्सलाई नयाँ मोडमा खडा गरेको छ । सञ्चारमाध्यममा आएको हिना र बिलावलको रोमान्स कथा साँचो वा झूटो भएको बारेमा फिरोज निश्चित हुन चाहेका छन् । अर्कोतिर, हिनासँग बिहे नगरिएमा बिलावलले पार्टी छाड्ने धम्की पिता जर्दारीलाई दिइसकेको स्वतन्त्र खबरहरूमा भनिएको छ । राष्ट्रपति जर्दारी एवं पूर्वप्रधानमन्त्री दिवंगत बेनजिर भुट्टोको एक मात्र सुपुत्र बिलावल सत्ताधारी पाकिस्तान पिपुल्स पार्टीका अध्यक्ष पनि हुन् । बिलावललाई पाउन हिनाले पनि विदेशमन्त्री जस्तो शक्तिशाली पद त्याग्ने सम्भावना बढेर गएको छ । छोराको रोमान्स र हठले गर्दा जर्दारी तनावमा छन् । यसले बाबु र छोराबीच मनमुटाव उत्पन्न भएको छ ।
हिना र बिलावल बीचको प्रेम र प्रणयको चर्चाले गत साता सामाजिक सञ्जालमा ठाउँ पाएको हो । केही व्यक्तिले बिलावलको अन्य महिलासँगको तस्बिरपनि सार्वजनिक गरेका छन् ।
बंगलादेशको राजधानी ढाकाबाट प्रकाशित हुने ट्याबलोइड साप्ताहिक ुद विकली ब्लिट्जु ले आइतबार मात्रै पश्चिमा गुप्तचर एजेन्सीको रिपोर्ट र तस्बिरको आधारमा यो खबर सार्वजनिक गरेको हो । उक्त पत्रिकाले हिना र बिलावलको सार्वजनिक गरेको केही तस्बिरहरू निकै व्यक्तिगत छन् । एकअर्काबाट अलग नहुने स्थितिमा पुगेका दुवैले बिहेको विकल्प नदेखेको उक्त ट्याबलोइडको खबरमा दाबी गरिएको छ । उनीहरू बीचको गोप्य सम्बन्धभन्दा पनि बिहेको निर्णयले राष्ट्रपति जर्दारी तनावमा आएका हुन् ।
हिना पनि बिलावलका लागि वैवाहिक जीवन र राजनीतीक करिअरको त्याग गर्न तयार रहेको ुब्लिट्जु ले जनाएको छ । यी उच्चस्तरीय प्रेम जोडीले स्विट्जरल्यान्डमा बसोबास गर्ने योजना बनाएको समेत उक्त पत्रिकाले दाबी गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३० लाख २३ हजार नाघेको छ । संक्रमित हुनेको संख्या पनि १४ करोड

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको महामारी अति भयावह बन्दै गएको छ र संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढिरहेको छ

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

म्यानमारमा सैनिक कु विरुद्धमा जारी प्रदर्शनका क्रममा थप ८० जनाको मृत्यु भएको छ । म्यानमारको बागो शहरमा भएको प्रदर्शनमा सो