टिप्परको ठक्करबाट २ जनाको मृत्यु

६ चैत्र २०६८, सोमबार ११:४८ मा प्रकाशित

बुटवल, ६ चैत । टिप्परको ठक्करबाट आज बुटवलमा  २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल चादबारी घरभई जिल्ला वन कार्यालय रुपन्देहीमा कार्यरत अधिकृत दिलिप न्यौपाने र लेखापाल बुटवल देवीनगरका नवराज श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । बुटवलबाट भैरहवा जाँदै गरेको लु ५ प २३४० नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आइरहेको लु १ ख ३९६० नम्बरको टिप्परले बिहान पौने १० बजे मिलनचोकमा ठक्कर दिएको थियपो । दुबै जनाको घटनास्थलमै ज्यान गएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । सडकमा रहेको खाल्डोका कारण मोटरसाइकलले गति कम गरेको अवस्थामा  तीब्र गतिमा रहेको टिप्परले हान्दा मोटरसाइकलमा सवार दुबै जनाको ज्यान गएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । ठक्कर दिने टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार