कांग्रेसलाई नेतृत्व नदिन प्रचण्डको अनौठो तर्क

११ आश्विन २०६९, बिहीबार १०:५३ मा प्रकाशित

काठमाडौं, ११ असोज । बेलीको ठेगान नभएका नेताको छबि बनाएका एमाओवादी अध्यक्ष प्रचण्डले राष्ट्रपति कांग्रेस पार्टीका भएको तर्क गर्दै अब बन्ने सरकारको नेतृत्व कांग्रेसलाई दिन नमिल्ने बताएका छन् । अब स्वतन्त्र व्यक्तिलाई सरकारको नेतृत्व दिनुपर्ने उनको भनाई छ ।
राष्ट्रपति नेपाली कांग्रेसको हुनाले राज्यसंचालनको प्रक्रियामा असन्तुलन आउन सक्ने हुनाले प्रधानमन्त्री कांग्रेसलाई दिन नमिल्लने प्रचण्डले यसअघि पांचबुंदे सहमति गर्दा सरकारको नेतृत्व कांग्रेसलाई दिनेमा किन स्वीकृति दिएका हुन् भन्ने सवाल यतिबेला उनीमाथि उठ्न पुगेको छ । छोरा प्रकाशको ससुराली पक्षसंग कुरा मिलाउन पोखरा पुगेर फर्कंदै गर्दा कुरिनटारस्थित एक रिसोर्टमा सञ्चारकर्मीहरुसंगको कुराकानीमा दाहालले कांग्रेसलाई प्रधानमन्त्री दिन नमिल्ने धा।णा प्रस्तुत गरेका हुन् ।
तीन दलहरू आपसमा मिलेनन् भने सरकारको नेतृत्व स्वतन्त्र व्यक्तिमा जाने सम्भावना रहेको बताउने प्रचण्डले माओवादीकै नेतृत्वको सरकारमा कांग्रेस, एमालेले सहभागी हुनुपर्ने तर्क गर्दै स्वतन्त्र व्यक्तिबाट गर्दा को हुने भन्नेचाहिं खुलाउन सकेनन् ।
दलहरू सहमतिमा पुग्न असफल भएकाले सरकारका लागि स्वतन्त्र व्यक्तिको कुरा थाल्नु भएको हो भन्ने जिज्ञासामा उनले भने, ‘इतिहासमा विभिन्न देशका विभिन्न कालखण्डमा राजनीतिक दलहरूको अन्तरविरोध चर्को भयो भने दलकै सहमतिले न्युट्रल व्यक्ति ल्याउने चलन छ ।’ बंगलादेशको उदाहरण दिूदै दाहालले भने, ‘आपसमा मिल्न सक्ने अवस्था नहुँदा दलहरू जनतामा जानुपर्ने हुन्छ । सहजताका लागि न्युट्रल व्यक्तिलाई ल्याउने कुराले पार्टी असफल भएको भन्ने अर्थ लाग्दैन ।’ दाहालले विपक्षी दलहरूले घोषणा गरेको आन्दोलन सत्ता बार्गेनिङका लागि मात्र भएको टिप्पणी गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सरकारले कूटनीतिक पत्र आदानप्रदान गर्दा परराष्ट्र मन्त्रालयबाट अनिवार्य गर्ने निर्णय गरेसँगै मन्त्रालयहरुले मातहतका निकायलाई त्यसबारे निर्देशन दिएका छन्

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसपीपीमा सहभागी हुन नेपाली सेनाले लेखेको पत्र मर्यादा बाहिरको

काठमाडौं।प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट निश्चित घराना र व्यापारीलाई फाइदा पुर्‍याएर

काठमाडौं।प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा नेपालको संलग्नताबारे सत्यतथ्य बाहिर ल्याउन आग्रह गरेका