अमेरिकाको आर्टिसिया शहरको आयुक्तमा भण्डारी नियुक्त

१० कार्तिक २०७८, बुधबार १०:२९ मा प्रकाशित

लस एन्जेलस। अमेरिकाको आर्टिसिया शहरमा नेपाली मूलका रामेश्वर भण्डारी शहरी सुन्दरता र पुननिर्माणसम्बन्धी आयोगका आयुक्त नियुक्त भएका छन्। सिटी काउपन्सिलको बैठकले भण्डारीलाई आयुक्त नियुक्त गरेको हो।

अक्टोबर १३ तारिकका दिन उनले आयुक्त पदको शपथ ग्रहण गरेका छन्। यो शहर अमेरिकाको चर्चित एन्जेलस काउन्टीमा पर्दछ। नेपालीहरु र एशियाली मुलका नागरिकहरु उल्लेख्य बस्ती रहेको सो शहरमा नियुक्त भएका भण्डारीले सो शहरको सुन्दरता र मर्मतसम्भारसम्बन्धी कार्यभार सम्हाल्ने छन्।

‘यो कार्यकारी पद भने होइन, यो सल्लाह दिने पद हो,’ नियुक्तिबारे जानकारी दिँदै भण्डारीले भने, ‘शहरको पुननिर्माण र शहरको सुन्दरता बढाउने उपायहरुबारे सिटी काउन्सिललाई सिफारिस गर्ने जिम्मेवारी हो यो ।’

सिटी काउन्सिलले उनलाई कमिश्नर अफ व्युटिफिकेशन एण्ड मेन्टिनेन्स कमिशन पदमा नियुक्त गरेको पत्र दिएको छ । काउन्सिलको नियुक्तिअनुसार, उनको पदावधि चार बर्षको हुनेछ।

अंग्रेजी विषयमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका भण्डारी हाल अमेरिकाको क्यालिफोर्नियास्थित लसएन्जेलस कम्युनिटी कलेसमा अंग्रेजी विषयका एसिस्टेन्ट प्रोफेसर छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

एजेन्सी । अमेरिकी राष्ट्रपति जोन बाइडेनले रुसले युक्रेनमा अतिक्रमण गरे आफूले रुसी राष्ट्रपति भ्लादमिर पुटिनलाई व्यक्तिगत रुपमा प्रतिबन्ध लगाउने विषयमा

वासिङ्टन अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले सोमबार कतारी विदेशमन्त्री मोहम्मद बिन अब्दुलरहमान अल थानीसँग टेलिफोनमा कुराकानी रुस र युक्रेन बीच बढ्दो

वाशिङ्गटन [अमेरिका] । युक्रेन सङ्कटबारे छलफल गर्न अमेरिकी राष्ट्रपति जो बाइडेनले युरोपेली नेताहरूसँग १ घण्टा २० मिनेट भिडियो कन्फरेन्समार्फत् छलफल

अमेरिकामा बढ्दो महँगीबारे प्रश्न गर्ने पत्रकारमाथि अमेरिकी राष्ट्रपति जो बाइडेनले अपशब्द प्रयोग गरेका छन् ।बाइडेनले मुख छाडेको भिडियो यतिबेला सामाजिक