विपक्षी आन्दोलनको रुपरेखा आज कोरिंदै

११ आश्विन २०६९, बिहीबार ०९:५२ मा प्रकाशित

काठमाडौं, प्रधानमन्त्री बाबुराम भट्टराईको नेतृत्वमा रहेको सरकार ढाल्न आन्दोलनबाहेक अरु विकल्प नभएको ठहरमा पुगेका विपक्षी दलहरुले आज आन्दोलनको रुपरेखा तय गर्नका लागि बैठक बस्दैछन् । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलका अनुसार हिजो एमाले पार्टी कार्यालय बल्खुमा बसेको विपक्षी राजनीतिक दलहरुको बैठकले आजको बैठकमा प्रस्तुत गरिने एजेन्डालगायतका विषयमा छलफल गरेको थियो । आन्दोलनको प्रभावकारिताका लागि आजको बैठकले कार्यदल निर्माण गर्नेछ ।
आन्दोलनको स्वरुप, स्थान तथा त्यससँग सम्बन्धित अन्य कुराहरु कार्यदलले तय गरी त्यसलाई शीर्ष नेताहरुको बैठकमा प्रस्तुत गरिने योजनाअनुसार बैठकमा आन्दोलनका सम्भावित प्रकृति सम्बन्धमा नेताहरुबाट आएका विभिन्न प्रस्तावमा आज छलफल गरी दलहरु निचोडमा पुग्नेछन् । हिजोको बैठकमा नेपाली काँग्रेस, एमाले, नेकपा माओवादी, राप्रपा, मधेस समाजवादी दलका नेताहरु उपस्थित थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालगन्ज । बाँकेको भेरी अस्पतालमा १९० नमुना परीक्षण गर्दा ५५.७८ प्रतिशतमा कोरोना पोजेटिभ देखिएको छ । पछिल्लो २४ घण्टामा १९०

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या

काठमाडौ । सरकारले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । कोभिड – १९ व्यवस्थापन केन्द्र

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को समस्या समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् । प्रधानमन्त्री