मंसिर १ गतेदेखि २० युनिटसम्म बिजुली देशैभर निःशुल्क हुने घोषणा

९ कार्तिक २०७८, मंगलवार १७:४२ मा प्रकाशित

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले जनताका लागि एकपछि अर्काे लोकप्रिय कार्यक्रम ल्याइरहेका बेला अब २० युनिटसम्म बिजुली बाल्ने ग्राहकलाई निःशुल्क हुने घोषणा भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगामी मंसिर १ गतेदेखि २० युनिटसम्मको बिजुली बाल्नेहरूलाई निःशुल्क हुने घोषणा गरिन् । यसअघि २० युनिटसम्म बिजुली निःशुल्क हुने योजना बजेटमा ल्याइएको थियो । त्यो प्रावधान कार्यान्वयन मंसिर १ गतेदेखि हुने भएको छ ।

आज मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री भुसालले डोमेस्टिक कन्जम घटेको महशुल र सिँचाइमा घटेको महशुल लागू हुने समेत बताइन् ।

मन्त्री भुसालले विद्युतीय यातायातलाई सरकारले बढावा दिने बताइन् । ‘आजसम्म नेपालीलाई चाहिने जलविद्युत्को पर्याप्त उत्पादन गरिसकेको छ,’ उनले भनिन्, ‘अबको बाटो आफ्नै देशमा विद्युतीय सवारीसाधनसहित विद्युतीय सामानहरू बढाउने रहेको छ ।’

मन्त्री भुसालले असन्तुलित अर्थतन्त्रलाई सन्तुलित बनाउन विद्युतीय सवारीसाधनले सहयोग गर्ने बताइन् । विद्युतीय सवारीसाधनले रोजगारीमा समेत सहयोग पुग्ने बताउँदै भुसालले विद्युतीय सवारीलाई बढावा दिन अब काठमाडौं उपत्यकाका सरकारी कार्यालय र उपत्यकामा चल्ने सबै सवारीसाधनहरू विद्युतीय खरिद गर्ने नीति सरकारले ल्याएको बताएकी छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । एमालेको ३०१ केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यमध्ये निर्विरोध हुन नसकेका पदमा सोमबार राति नौ बजेदेखि एक बजेसम्म मतदान

काठमाडौं । नेकपा एमालेको सात वटा प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यमध्ये बहुमत सदस्य निर्विरोध निर्वाचित भएका छन् । एमालेको १०औँ

काठमाडौं । कोरोना भाइरसको नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले १५ देखि १७ मंसिरसम्म हुने पार्टीको महाधिवेशनमा फेरि अध्यक्षमा घोषणा गरेका छन् । सोमबार