सौजन्य उडिसातिर

११ आश्विन २०६९, बिहीबार ०१:०३ मा प्रकाशित

काठमाडौं । अभिनयको मामिलामा त सौजन्य सुब्बालाई कसैले पनि औंला उठाउन सक्दैनन् । एक समय टेलिभिजन क्षेत्रमा एकछत्र राज गरेकै हुन् उनले । उनकै नामले पनि टेलिचलचित्रहरू चल्ने र बिक्ने गर्दथे । अहिले समय फेरिएको छ तथापि सौजन्यको क्रेज, प्रशंसा अनि उनले तारिफ गर्नेहरूको सङ्ख्या भने घटेको छैन ।
केही तकड–भडक विषयमाथि बनेका चलचित्रहरूको बजार विस्तार भइरहेजस्तो देखिए तापनि अभिनयको क्षेत्रमा नाम कमाएकाहरूको मूल्याङ्कन भने कहीँ न कहीँ भइरहेको हुँदोरहेछ । यो कुराको गतिलो र पछिल्लो उदाहरण बनेकी छिन् अभिनेत्री सौजन्य सुब्बा । कुनै विदेशी चलचित्रमा एक सिन झुलुक्क देख्न पाइयो भने पनि कामभन्दा हल्ला बढी पिटाउने नेपाली सिनेबजारको भीडमा विदेशी चलचित्रमा एकल नायिकको रूपमा देखापर्दा पनि सौजन्यले हल्ला गरिनन् । उनले भनिन्, ‘म सुरुदेखि नै हल्लालाई भन्दा कामलाई महत्व दिने मान्छे हुँ । तपाईंले थाहा पाउनुभएछ । नत्र म गुपचुप सुटिङ सकाएर रिलिजपछि मात्र मिडियामा जाने तयारीमा थिएँ,’ सौजन्यले सुटिङमा काठमाडौंबाट भारततर्फ उड्नुअगाडि घटना र विचारसँग भनिन् ।
सौजन्य यतिबेला भारतको उडिसामा उडिसा भाषाको चलचित्रमा काम गरिरहेकी छिन् । भारतमा राम्रो बजार पाएको यो भाषाको चलचित्रमा सौजन्य नेपाली मूलकी भारतीय युवतीको भूमिकामा देखापरेकी हुन् । चलचित्रको नाम ‘नेसनल हाइवे’ हो भने यसमा नायक भने उडिसाका सुपरस्टार हरि महापात्र रहेका छन् । चलचित्रलाई निर्देशक पापास सर घटियाले निर्देशन गरेका हुन् । सौजन्यले पारिश्रमिक पनि निकै राम्रो पाएकी छिन् यो चलचित्रबाट । ‘पारिश्रमिकभन्दा पनि विदेशी भाषाको चलचित्रमा फड्को मारियो । यो नै यतिबेला मेरा लागि सुखद् कुरा हो । यहाँको सिनेमा बजारमा पनि ठूलो रहेछ । पारिश्रमिक बढी नहुने त कुरै भएन,’ उनी भन्छिन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गायिका इन्दिरा जोशीले इन्गेजमेन्ट गरेकी छन् । खुम्बु पुगेर इन्दिराले ‘सुटुक्क’ इन्गेजमेन्ट गरेकी हुन् । उनले आफ्नो प्रेमीलाई

काठमाडौं। पछिल्लो केही समय ‘सीता’ बन्ने कुराले चर्चामा रहेकी बलिउड अभिनेत्री करिना कपुरले यसपालिको जन्मदिन पति सैफ अलि खानका साथमा

काठमाडौं । नेपाललाई फेसनको राजधानी बनाउने उद्देश्यले आज सगरमाथा आधार शिविरमा फेसन शो हुँदैछ । संसारकै उच्चस्थानमा आयोजना गरिने फेसन

सीएनएन । विश्वचर्चित काइली जेनर फेरी गर्भवती भएकी छिन् । उनी दोस्रो पटक गर्भवती भएको आज पुष्टि गरेकी छिन् ।