भक्तपुरमा महिला र पुरुष झुण्डिएको कंकाल फेला परयो

१० आश्विन २०६९, बुधबार १८:५८ मा प्रकाशित

काठमाडौं, १० असोज । भक्तपुरको बागेश्वरीको बालवनमा बुधबार दुई जनाको कंकाल भेटिएको छ । पुरुषको शव झुण्डिएको अवस्थामा छ भने महिलाको भूईँमा लडेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी दिलिप चौधरीले दुबैको शव चिन्न नसक्ने अवस्थामा भेटिएको जानकारी दिए । दुबैको हाड मात्रै रहेको उनले बताए । घटना स्थल पुगेका नगरकोट नाल्दुम पर्यटन विकास समितिका सचिव दिपक लामिछानले पुरुषको शव रुखमा बेल्टले झुण्डिएको अवस्थामा छ । उनको शव संगै हरियो रंगको स्पोर्ट सुज भेटिएको छ । महिलाको शवसंगै एउटा चप्पल र सल भेटिएको छ । लामिछानेको अनुसार उनको टाउको र शरीर छुटिएको अवस्थामा रहेको छ । एसपी चौधरीले मध्यान्ह तीन बजे जंगलमा शव भेटिएको खबर आएको बताए । ‘भूईँमा रहेको कंकालको खुट्टामा पाउजु लगाएकोले केटी भएको एकिन भयो,’उनले भने,‘अनुहारबाट चिन्ने अवस्थमा छैन ।’ परिसरमा कोही व्यक्ति हराएको उजुरी पनि नपरेको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पहिरोका कारण सिद्धार्थ राजमार्ग र तानसेन-तम्घास सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गका धेरै ठाउँमा पहिरो खसेको र

नवलपरासी । नवलपुर (नवलपरासी पूर्व) को मध्यविन्दु नगरपालिका-१० मा पर्ने तीन वटा खहरेखोलाको डाइभर्सन बाढीले बगाएपछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको

बागलुङ । निरन्तरको वर्षाका कारण बागलुङका दुई ठूला राजमार्ग अवरुद्ध भएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल

चितवन । विकास गतिमा तीव्ररुपमा अघि बढिरहेको भरतपुर महानगरपालिकामा योजना लिएर गएपछि रित्तो हात फर्किनु पर्दैन । महानगरभित्रका वडाध्यक्षहरू योजना

आजको प्रमुख समाचार