यस्ता छन् आइजीपी रानाका प्रतिवद्धता

१० आश्विन २०६९, बुधबार १८:५४ मा प्रकाशित

काठमाडौं, १० असोज । नवनियुक्त प्रहरी महानिरीक्षक कुवेरसिंह रानाले प्रहरी सङ्गठनको सेवा प्रवाहलाई चुस्त दुरुस्त, नागरिकमैत्री, जनमुखी, जवाफदेही र शीघ्र तुल्याउन आफू लागिपरेको जनाएका छन् । सेवा प्रवाह, अपराध अनुसन्धान, आन्तरिक व्यवस्थापन, जनशक्ति विकास, विज्ञान र प्रविधिको प्रयोग र भौतिक संशाधन व्यवस्थापनमा सुधार ल्याएर प्रहरी सङ्गठनको सेवालाई चुस्त तुल्याउने बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रतिबद्धता व्यक्त गरे ।
प्रहरीको आचरण र व्यवहारमा सुधार ल्याउने, आर्थिक अनुशासन र गैरराजनीतिक चरित्र कायम गर्ने, सङ्गठितरुपमा हुने गुण्डागर्दी, तस्करीलगायतका आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने, नागरिकसँगको अन्तरक्रियालाई उच्च प्राथमिकता दिने तथा सेवा विस्तार तथा ग्रामीण गस्तीलाई तीव्रता प्रदान गर्ने योजना बनाएको सो अवसरमा उनले जानकारी दिए ।
दण्डहिनता, भ्रष्टाचार, अपराध, ट्राफिक व्यवस्थापनमा वैज्ञानिकीकरण, मानवअधिकारको संरक्षण र प्रबद्र्धन र अकर्मण्यताविरुद्ध शून्यसहनशीलता तथा महिला, बालबालिका, जेष्ठ नागरिकलाई सहज प्रहरी सेवा र विपतमा परेका नागरिकका लागि द्रुत सेवा एवम् उद्धार कार्यलाई सङ्गठनले प्राथमिकताको विषयमा राखेर कार्यान्वयन गर्ने महानिरीक्षक रानाले बताए । परिणाममुखी अपराध अनुसन्धान बनाउने, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय प्रहरी सङ्गठनसँग समन्वय गर्ने बताउँदै महानिरीक्षक रानाले सङ्गठनको संरचना सुधार, जनशक्ति व्यवस्थापन, आन्तरिक प्रशासनको पारदर्शिता र प्रभावकारिता तथा सरुवा–बढुवा तथा अन्य अवसरहरूमा वस्तुपरक नीति अवलम्बन गरी कार्य अवसरको समान वितरणको नीति लिइने जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले परोपकारी गतिविधि सञ्चालन गर्न ‘एनआरएनए फाउन्डेसन’ स्थापना गरेको छ । फाउन्डेसनको प्रस्तावित अध्यक्षमा संघका पूर्वअध्यक्ष एवं

काठमाडौँ । सरकारले विभिन्न पाँच देशमा वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) दिन रोक लगाएको छ । मुलुकमा कोभिड-१९

काठमाडौँ । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । उनीहरुबीच

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा देशभर २३५१ जनामा कोारेना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार