जापानी राजकुमारी माको जसले विवाहका लागि राजकीय पदवी त्यागिन

९ कार्तिक २०७८, मंगलवार ०९:४४ मा प्रकाशित

अन्ततः जापानी राजकुमारी माकोले मंगलबार आफ्ना प्रेमी केइ कुमुरोसँग विवाह गरेकी छिन् । विवाहलगत्तै उनको जापानको राजकीय पदवी पनि गुमेको छ । राजपरिवारको सहमतिपछि राजपरिवार बाहिरका व्यक्ति कोमुरोसँग माकोको विवाह सामान्य तरिकाले भएको हो ।

जापानको राजपरिबारको सदस्यले सर्वसाधरणसँग विवाह गरेमा स्वतः राजकीय हैसियत समाप्त हुन्छ । महिलाले आफ्नो राजकीय उपाधि त्याग्नुपर्छ भने पुरुषलाई यो बाध्यता छैन् । माकोले कुमुरोसँगको विवाहका लागि राजकीय पदवी त्याग्ने बताउँदै आएकी थिइन् ।

माको पूर्वराजा अकिहितोकी नातिनी तथा राजकुमार फुमिहितोकी जेठो छोरी हुन् । विद्यावारिधि गरिरहेकी उनी अनुसन्धानकर्ताको रूपमा काम गर्दैछिन् ।

माको र कुमुरो लामो समयदेखि पे्रम सम्बन्धमा थिए । उनीहरुको सन् २०१२ मा विश्वविद्यालयमा भेट भएको थियो ।

३० वर्षीय कुमुरोले अमेरिकामा अधिवक्ताको रुपमा काम गर्छन् । विवाहपछि माको पनि अमेरिका नै बस्नेछिन् । यो जोडीको सन् २०१७ मा इन्गेजमेन्ट भएको थियो । सन् २०१८ मा विवाह गर्ने योजना रहे पनि माकोको हुनेवाला सासुको वित्तिय लफडाका कारण स्थगित भएको थियो ।

जापानको क्योदो समाचार संस्थाका अनुसार यो जोडिले आज नै पत्रकार सम्मेलनको आयोजना गर्दैछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लिस्बोन । पोर्चुगलमा संसद विघटन गर्दै अग्रिम निर्वाचनको घोषणा गरिएको छ । राष्ट्रपति मर्केलो रिबेलो डि सौसाले आइतबार संसद विघटन

काठमाडौं । भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जी नेपाली कांग्रेसको महाधिवेशनमा सहभागी हुन आगामी शनिबार काठमाडौं आउने भएकी छिन् ।

बान्जुल, गाम्बिया । गाम्बियाको राष्ट्रपति चुनावमा आदामा ब्यारोेले दोस्रो कार्यकालमा सहजै जित हासिल गरेका छन् । आइतवार ढिलो नतिजा घोषणा

वर्माकी नेतृ आङ सान सुकीलाई चार वर्ष जेल सजाँय ताेकिएकाे छ । म्यानमारकाे सैनिक सरकारले नेतृ सूचीलाई साेमबार चार वर्ष