सरकारी मापदण्ड भन्दा ६ गुणा बढि भाडा निर्धारण

६ चैत्र २०६८, सोमबार ११:४७ मा प्रकाशित

रुकुम, ६ चैत । रुकुममा हिजो बेलुका बसेको यातायात ब्यबस्थापन समितिको बैठकले सरकारी मापदण्ड भन्दा ६ गुणबढि भाडा निर्धारण गरेको छ । यातायात व्यवस्था विभागले पडाडी कच्ची सडकको भाडादर प्रतिकिलोमिटर करिब २ रुपैयाँ १० पैसा निर्धारण गरेको भए पनि रुकुममा भने प्रतिकिलोमिटर ५ देखि १२ रुपैयासम्म भाडा निर्धारण गरेको हो । समितिका अध्यक्ष तथा रुकुमका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीको अध्यक्षतामा जिल्लाका यातायात ब्यबसायी तथा अन्य सरोकारवाला निकायहरुको बैठकले यस्तो भाडादर निर्धारण गरेको हो ।यसभन्दा पहिले व्यवसायीले आफ्नै ढङगले भाडा उठाउँदै आएका थिए । पहिलेको भाडा र नयाँ भाडा केहि सामान्य घटबढ भए पनि उस्तैउस्तै छ । समितिको निर्णय अनुसार रुकुम सदरमुकाम खलङगाबाट पूर्वि रुकुमको रुकुमकोट, काँक्री, आठवीसकोट, चौरजहारी र झुलनेटामा सञ्चालन हुने यातायातका साधनमा भाडा निर्धारण गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९८ प्रतिशत हुने केन्द्रीय तथ्यांक विभागको प्रारम्भिक अनुमान छ । चालु आर्थिक

नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजस्व छलेका अभियोगमा राजस्व अनुसन्धान विभागले १३ फर्मसहित १६ जनाविरुद्ध मुद्दा दायर

कृष्णपुर नगरपालिका–६ बालुवाफाँटामा स्वदेशी कच्चा पदार्थमा आधारित रासायनिक मल काराखाना सञ्चालन गरिने भएको छ । निजी क्षेत्रको रु १३ करोड