स्कटल्यान्डमाथि अफगानिस्तानको सानदार जित

९ कार्तिक २०७८, मंगलवार ०८:०७ मा प्रकाशित

काठमाडौं । अफगानिस्तानले टी-२० विश्वकपको सुपर-१२ अन्तर्गत पहिलो खेलमा स्कटल्यान्डलाई पराजित गरेकाे छ ।सोमबार शारजाहमा भएको खेलमा स्पीनरद्वय मुजिब उर रहमान र राशिद खानकाे उत्कृष्ट प्रदर्शनमा अफगानिस्तानले १ सय ३० रनको सानदार जित हासिल गरेको हो ।

जितका लागि १ सय ९१ रनको विशाल लक्ष्य पछ्याएको स्कटल्यान्ड १० ओभर २ बलमा ६० रनमै अलआउट भयो ।ओपनर जर्ज मुन्सेले २५ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यान खासै चल्न सकेनन् । मुजिबले ५ र राशिदले ४ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९० रन बनाएकाे थियो । अफगानिस्तानका नाजिबुल्लाह जद्रानले सर्वाधिक ५९ रन जोडे ।

स्कटल्यान्डका लागि सफ्यान सरिफले २ विकेट तथा जोश डेभि र मार्क वाटले १-१ विकेट लिए ।

जितसँगै अफगानिस्तान समूह २ को शीर्षस्थानमा उक्लिएको छ । यसअघि आइतबार पाकिस्तानले भारतलाई १० विकेटले हराउँदै २ अंक जोडेको थियो । अर्को समूहमा इंग्ल्यान्डले वेस्ट इन्डिजलाई, अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई र बंगलादेशले वेस्ट इन्डिजलाई पराजित गरेका थिए ।

मंगलबार पहिलो खेलमा पाैने ४ बजे दक्षिण अफ्रिकाले वेस्ट इन्डिजको सामना गर्नेछ । राति पाैने ८ बजे हुने खेलमा न्युजिल्यान्ड र पाकिस्तान भिड्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेका नयाँ वरीयतामा नेपाल यथावत स्थानमा रहेको छ । आइसिसीले सोमबार सार्वजनिक गरेको

काठमाडौं । मयंक अग्रवालको उत्कृष्ट इनिङसँगै न्युजिल्याण्डविरुद्धको दोस्रो टेष्टमा घरेलु टोली भारतले प्रभावशाली जित निकालेको छ । मुम्बईमा सोमबार सम्पन्न

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले यू-१९ पुरुष टिमको प्रशिक्षणमा २० खेलाडी बोलाएको छ । क्यानले एसीसी यू–१९ पुरुष

काठमाडौं । कप्तान भरत खवासको निर्णायक गोलमा त्रिभुवन आर्मी फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित निकालेको छ