समले प्रयोग गरेको ऐतिहासिक सम्पत्ति संकटमा

१० आश्विन २०६९, बुधबार १८:४६ मा प्रकाशित

काठमाडौ, १० असोज । नाटक शिरोमणी बालकृष्ण समले प्रयोग गरेका भावी पुस्ताकोलागी संरक्षण गर्नु पर्ने ऐतिहासिक महत्वका सम्पत्ति नष्ट हुने संघारमा पुगेका छन् । सम बसेको १ सय २७ वर्ष पुरानो ज्ञानेश्वरमा रहेको घर र उनले प्रयोग गरेका सामग्रीहरु संरक्षित घर उनकै भाई कर्ण समशेरले दिएको काम गर्ने हेमन्त गुरुङले भत्काउन सुरु गरेपछि संकटमा परेको समकि भान्जी डिलाईट सिहले गुनासो गरिन् ।
समको परिवारले काम गर्न राखेका सोही क्षेत्रको १० आना ८ दाम जग्गा समेत दिएका गुरुङलाई र बाँकी जग्गा आफूहरुको नाममा रहेको अवस्थामा आफूले सम जस्तो ऐतिहासिक ब्यक्तित्वले प्रयोग गरेको र सय वर्ष नाघेको घर संरक्षण गरिनु पर्छ भनेर सम्बन्धीत निकायमा धाउँदा समेत कसैले वास्ता नगर्दा गुरुङले एकलौटि रुपमा भत्काउन सुरु गरेका हुन ।
सो घरलाई नीजि संरक्षित घरको संज्ञा दिदै पुरातत्व विभागले २०६८ मंसिर २२ गते पत्र लेखेर समको सो घरलाई संरक्षीत भनेको मा अहिले आएर निजी विवाद भन्दै पन्छीएकोले धरोहर नष्ट हुने संघारमा पुगेको सिहले बताईन । त्यस्तै सो विषयमा अहिले पनि सर्वोच्च अदालतमा मुद्दा विचाराधिन रहेको अवस्थामा एकलौटी घर भत्काएर अदालतको मान हानी गरेको अवस्थामा समेत सम्बन्धीत निकाय चुप लाग्नु रहस्यमय भएको उनले बताईन ।
सिहले जग्गाको स्वामित्वमा दावी नगरी केवल ऐतिहासिक सम्पदालाई संरक्षण गर्नु पर्छ भन्ने मात्रै भएको स्पष्ट पारिन् । सिहकी कानून ब्यवसायी ईश्वरी दाहाले आफूहरुको पटक पटकको प्रयत्नलाई पनि प्रहरी, प्रशासन , पुरातत्व विभाग सबैले बेवास्ता गरेको भन्दै उनीहरु आर्थिक प्रलोभनमा परेको आरोप लगाईन । उनले साउन २२ गते घर नभत्काउनु भनि पुरातत्व विभागले लेखेको पत्र समेतको बेवास्ता गरी घर भत्काउँद समेत सम्बन्धीत निकाय मौन रहेको गुनासो गरिन ।
पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत श्याम सुन्दर राजबंशीले एक सय वर्ष अघिको घर भए पनि आफूहरुले पुरानो मोडलको भएको अनुमानमा संरक्षित भने पछि पछि क्षेत्रगत अवलोकन गर्दै त्यस्तो नपाईएकोले यसलाई संरक्षण गर्न नसक्ने बताए । उनले नीजि विवाद भएकोले त्यसमा पुरातत्व विभागको कुनै हस्तक्षेप नहुने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

गएराति आएको हुरीबतासले धनमालको क्षति भएको छ । प्रारम्भिक सूचनानुसार जिल्लामा ५० घरको छाना उडाएको जानकारी रेडक्रसले जनाएको छ ।

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोइरालालाई बेपत्ता भएको १९ वर्षपछि घर फर्काइएको छ । नेपालगञ्जमा भेटिनुभएका विज्ञानलाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जग्गाको नक्सा हेर्न र प्रिन्ट गर्न सकिने ‘मेरो कित्ता’ को शुभारक्भ गरेका छन्

भारतको पश्चिम बङ्गालमा हुने निर्वाचनका लागि पूर्वी नाका ७२ घण्टा लागि आज बिहान ६ बजेदेखि सिल गरिएको छ । पश्चिम