नेपाल–भारत सम्बन्ध सुदृढ भएमात्रै नेपालमा राजनीतिक स्थायित्व हुन्छ : प्रचण्ड

८ कार्तिक २०७८, सोमबार १७:३३ मा प्रकाशित

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु हारेर भन्दा पनि नेपाली समाजको रुपान्तरण र जनताको हितका लागि शान्ति प्रक्रियामा आएको बताएका छन् ।

सोमबार काठमाडौँमा नेपालका लागि पूर्वभारतीय राजदूत रन्जित रेको पुस्तक ‘काठमाडौँ डिलेमाः रिसेटिङ इन्डिया नेपाल टाइटज’को विमोचन कार्यक्रममा प्रचण्डले माओवादी हारेर आत्मसमपर्ण गरेको नभएर अन्य राजनीतिक दलहरु माओवादीको एजेन्डामा आएको बताए ।

गणतन्त्र, संघीयता, समानुपातिक समावेशीता केहीलाई मन नपरेको भन्दै उनले माओवादीले ल्याएको परिवर्तनप्रति केहीको रिश देखिएको जिकिर गरे । नेपालको शान्ति प्रक्रिया विश्वमै मौलिक भएको र त्यसलाई चाहिने जति ‘रिक्गनाइज’ गर्न विश्वका शक्ति राष्ट्रहरुले कन्जुस्याइँ गरेको उनले बताए ।

त्यस्तै, उनले नेपाल–भारत सम्बन्ध सुदृढ गरेरमात्रै नेपालमा राजनीतिक स्थायित्व र विकास सम्भव हुने बताए । भारतीय पक्षले बुद्ध नेपालमा जन्मेका हुन् भन्दा र नेपाली पक्षले बुद्धले भारतमा बुद्धत्व प्राप्त गरेका हुन् भन्दा खुसी हुनुपर्ने उनले बताए ।

नेपालका लागि पूर्वभारतीय राजदूत रञ्जित रेले पुस्तकमा नेपाल र भारतको बीचमा रहेको विशेष सम्बन्धको विषयमा उल्लेख गरिएको बताए ।

२०७२ सालमा भारतले नेपालमाथि लगाएको नाकाबन्दीको समयमा राजदूत रहेका रेले पुस्तकमा नेपाल–भारत सम्बन्धका विभिन्न आयामका बारेमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली काँग्रेसले ६ वटा प्रदेशमा प्रथम अधिवेशन सम्पन्न गरेको छ । सोमबार बिहानसम्म प्रदेश १, वागमती, गण्डकी, लुम्बिनी,

काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अर्को कार्यकाल पार्टीको नेतृत्व गर्ने चाहना व्यक्त गरेका छन् । अब देउवासँग भिड्ने को

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निरत्साहित नहुन पराजित भएका उम्मेदवारहरुलाई आग्रह गरेका छन् । एक अपिल जारी

काठमाडौँ ।नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल समूहबाट सभापतिका आकांक्षी ४ नेता छलफलमा जुटेका छन् ।  पौडेल निवास बोहराटारमा सभापतिका आकांक्षी