थप उपचार पर्खिंदै पाँचथर बस दुर्घटनाका घाइतेहरू

८ कार्तिक २०७८, सोमबार १७:२५ मा प्रकाशित

पाँचथर । साेमबार बिहान पाँचथरको फिदिम नगरपालिका–४ सरखण्डेमा भएको बस दुर्घटनाका यात्रु तीन घण्टादेखि थप उपचारको प्रतीक्षामा छन् । जिल्ला अस्पतालसहित अन्य दुई निजी अस्पतालमा पुर्‍याइएका घाइतेहरूमा रहेको चोट पटकको पूर्ण परीक्षण तथा उपचार हुन सकिरहेको छैन ।

तीनवटै अस्पतालका स्वास्थ्यकर्मीहरू घाइतेहरूको उपचारमा जुटे पनि अधिकांश घाइतेहरूको अवस्था गम्भीर हुनाले उपचार हुन सकिरहेको छैन । अधिकांश घाइतेहरू रगतपच्छे छन् । जिल्ला अस्पतालमा बेड खाली नभएपछि वैकल्पिक व्यवस्थापन गरेरसमेत स्वास्थ्यकर्मीहरू घाइतेकाे उपचारमा जुटेका छन् ।

तर, अधिकांश घाइतेहरूलाई थप उपचारका लागि सुविधासम्पन्न अस्पताल लैजानु पर्ने अवस्था देखिएकाे छ । कतिपय घाइते बोल्न नसक्ने अवस्थाका छन् भने केही बालबालिकासमेत छन् । हालसम्म फिदिममा उपचाररत १२ जना घाइतेहरूलाई थप उपचारका लागि तराईका अस्पतालहरूमा रिफर गरिएको छ ।

स्वास्थ्यकर्मीहरूका अनुसार घाइतेहरूलाई बाहिर जिल्लाका अस्पतालमा रिफर गर्न एम्बुलेन्ससमेत अभाव भएको छ । घाइतेहरूको उपचारका लागि हेलिकप्टरको प्रवन्ध गरिएको बताइए पनि हालसम्म हेलिकप्टर आइसकेको छैन । साेमबार बिहान ११ः३० बजे भएको बस दुर्घटनामा घाइते भएकामध्ये हालसम्म चार जनाको मृत्यु भएको छ । दुर्घटनामा थप ६१ जना घाइते छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली काँग्रेसले ६ वटा प्रदेशमा प्रथम अधिवेशन सम्पन्न गरेको छ । सोमबार बिहानसम्म प्रदेश १, वागमती, गण्डकी, लुम्बिनी,

काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अर्को कार्यकाल पार्टीको नेतृत्व गर्ने चाहना व्यक्त गरेका छन् । अब देउवासँग भिड्ने को

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निरत्साहित नहुन पराजित भएका उम्मेदवारहरुलाई आग्रह गरेका छन् । एक अपिल जारी

काठमाडौँ ।नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल समूहबाट सभापतिका आकांक्षी ४ नेता छलफलमा जुटेका छन् ।  पौडेल निवास बोहराटारमा सभापतिका आकांक्षी