शिखर जुत्ताविरुद्ध माओवादी मजदूर

१० आश्विन २०६९, बुधबार १८:४२ मा प्रकाशित

काठमाडौ, १० असोज । नेकपा–माओवादी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनीयन महासंघले मजदुरहरुले उठाएको माग पुरा नगरी दमन गर्ने प्रयत्न गरे शिखर ब्राण्डका जुत्ताहरु देशभरी नै विक्री वितरण गर्न नदिने चेतावनी दिएका छ ।
महासंघले बुधवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरेर श्रम ऐन अनुसार अगाडि सारेको जायन माग सम्बोधन नगरी ब्यवस्थापनले उल्टै कारखाना नै बन्द गर्ने सम्मको प्रचारबाजी गरेको प्रति आपत्ति प्रकट गर्दै त्यस्तो चेतावनी दिएको हो । मजदुरहरुले राखेको माग पुरा नगरी ब्यवस्थापकले मजदुर विरुद्ध प्रहरी प्रशासन लगाएर दमन गरेको र माग पुरा नगर्ने षडयन्त्र गरेको भन्दै त्यस्तो नगरी माग पुरा नगरे त्यस्को गंभिर परिणाम भोग्नु पर्ने चेतावनी समेत पत्रकार सम्मेलनमा महासंघका संयोजक रामदिप आचार्यले दिए ।
महासंघको शिखर सुज ईकाई कमिटिले तलब ५० प्रतिसत बृद्धि गरिनु पर्ने, मजदुरलाई स्थायी गरिनु पर्ने, संञ्चय कोषको ब्यवस्था गरिनु पर्ने, बोनस दिनु पर्ने, दशै खर्च दिनु पर्ने, एप्रोन र मास्कको ब्यवस्था गर्नु पर्ने, यूनियनको सिफारिसमा बढुवा, घटुवा गर्नु पर्ने लगायतका १६ बुँदे माग अघि सारेको थियो । पत्रकार सम्मलेनमा ती मागमा २०६३ सालमै ब्यवस्थापन समितिले सहमति गरे पनि अहिलेसम्म कार्यान्वयन नगरेकोले आन्दोलनमा जानु परेको बाध्यता संयोजक आचार्यले सुनाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को

नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा  भुकम्पको धक्का महसुस