हत्यारालाई कारवाही गर्न माग

१० आश्विन २०६९, बुधबार १८:३७ मा प्रकाशित

काठमाडौं १० असोज । मुगु जिल्ला श्रीनगर गाविस वडा नं. ५ गमगडी बजारमा पसल गर्दै आएका सुकधन बुढाको हत्यारालाई कारवाही गर्न पीडित पक्षले सम्बन्धित निकायसँग माग गरेका छन् ।
बुधबार पत्रकार सम्मेलन गर्दै सुकधन बुढाकी श्रीमती र दाजु शेरबहादुर राउतले ४३ बर्षीय सुकधन बुढाको हत्यामा संलग्नलाई तत्काल कारवाही गर्न माग गरेका हुन् ।
उनीहरुले हत्यामा संलग्न महादेव कर्णाली होटलका मालिक शेरबहादुर रावत, मालिका बोता स्थायी बसोवास भएका हाल जुम्ला बजारमा पसर गर्दै आएका बुढे रावत, सोही जिल्ला बस्ने बुम्रमाडी चौर घर भई सुर्खेत बस्तै आएका सेरबहादुर भण्डारी र जुम्ला देवल गाउँका इश्वर गिरीलगायत चारै जनालाई प्रहरी प्रशासनमा किटानी जाहेरी दिँदा पनि कारवाही नभएको भन्दै तत्काल कारवाही न्याय दिलाई दिन माग गरेका हुन् ।
पत्रकार सम्मेलनमा किटानी जाहेरी दिएका चारै अभियुक्तहरुलाई स्थानी प्रशासनले समातेको भए पनि राजनीतिक दवाव र पैसाको आडमा कारवाही नगरी छोड्ने गरेको आरोप लगाउँदै पीडित जुनकली बुढाले भनिन्– मेरो श्रीमान् २०६६ मंसीर गते पसलको सामान किन्न हेलिकोप्टरबाट सुर्खेत गएका थिए । मंसीर ११ गते बेलुकी पाँचै जना महादेव कर्णाली होटलमा बास बस्दा ती चार जना मिलेर मेरो श्रीमान्को हत्या गरेका हुन् ।
जुनकलीले भनिन् मेरा श्रीमानको कसैसँग नराम्रो भएको थिएन, उनी बाहेक मेरो बाँच्ने आधार छैन, मलाई न्याय दिलाई दिन अनुरोध गर्दछु ।

प्रतिक्रिया
सम्बन्धित खवर

जिल्लाको दिपायल सिलगढी नगरपालिका–७ तथा पूर्वीचौकी गाउँपालिका–१ को सीमाक्षेत्र बुढोबाँज भन्ने ठाउँमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा

काठमाडौं- प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट