मूल्यवृद्धिलाई फेरि सम्झिए नौ विद्यार्थी संगठनले

१० आश्विन २०६९, बुधबार १८:३६ मा प्रकाशित

काठमाडौं, १० असोज । पेट्रोलियम पदार्थको मूल्य बृद्धिको विरोधमा आन्दोलनरत नौं विद्यार्थी संगठनहरुले बुधबार राजधानीलगायत मुलुक भरि प्रदर्शन गरेका छन् । विपक्षी दल सम्बद्ध विद्यार्थी संगठनले मूल्य बृद्धिको फिर्ता माग गरेर सरकार विरुद्ध प्रदर्शन गरेको नेविसंघका प्रवक्ता युपी लामिछानले जानकारी दिए । उनका अनुसार नौं विद्यार्थी संगठनले राजधानीका एघार स्थानमा कोण सभा गरेका छन् । विद्यार्थी संगठनहरुको कोणसभाका कारण राजधानीका यातायात व्यवस्था केही समय प्रभावित भएको थियो ।

त्यसै गरेर राजधानी बाहिर पनि विभिन्न जिल्लामा विद्यार्थी संगठनहरुले सरकार विरुद्ध कोणसभा गरेर प्रदर्शन गरेका छन् । उनीहरुले हालै बृद्धि भएको पेट्रोलियम पदार्थको मूल्य बृद्धि विरुद्ध चरणबद्ध आन्दोलन गर्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय जनमोर्चाले एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । जनमोर्चाका अध्यक्षले अध्यक्ष

काठमाडौं । आज विक्रम संवत् २०७८ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शिक्षण संस्थाहरु एक महिना बन्द गर्न सरकारलाई सिफारिस गरेको छ। मन्त्रालयले काठमाडौँ उपत्यकासहित देशका