राष्ट्रपतिले सरकार हटाउने जोखिम नलिने मन्त्री महतोको दाबी

१० आश्विन २०६९, बुधबार १८:२९ मा प्रकाशित

काठमाडौं, १० असोज । विपक्षी राजनीतिक दलहरुले राष्ट्रपतिले सरकार हटाउने मामलामा तदारुकता नदेखाएकोमा असन्तुष्टि प्रकट गरिरहेकै परिवेशबीच स्वास्थ्य मन्त्री एवं सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकार फेर्ने र बनाउने विषयमा राष्ट्रपति सक्रिय भएमा उनकै पद खतरामा पर्ने चेतावनी दिएका छन् । त्यसरी सक्रिय भए उनका विरुद्धमा जनता सडकमा आउने दाबी महतोले गरे । बुधबार बिराटनगरमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै उनले सो दाबी गरेका हुन् ।
राष्ट्रपतिले त्यस्तो जोखिम उठाउलान् भन्नेमा आफूलाई शंका रहेको बताउंदै मन्त्री महतोले विपक्षी दलहरुले थालेको सडक आन्दोलनलाई पनि औचित्यहिनको संज्ञा दिए। सडकबाट सरकार बनाउन सकिन्न भन्दै उनले विपक्षीहरुले जतिसुकै ठुलो आन्दोलन गरेपनि वर्तमान सरकार सहमति नभएसम्म नहटने दाबी गरे।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार