
काठमाडौं, १० असोज । नेकपा-माओवादीले चितवनलगायत ताम्सालिङ राज्यमा भारतीय नम्बर प्लेटका गाडी चलाउन रोक लगाएको छ। माओवादी कार्यकर्ताले चितवनको नारायणगढस्थित पुल्चोकमा बसेर बुधबार बिहानैदेखि भारतीय नम्बर प्लेटको गाडी सञ्चालनमा रोक लगाइरहेका छन् । उसले हिन्दी चलचित्र, हिन्दी प्रकाशन र प्रसारणमाथि पनि रोक लगाएको सो पार्टीकी चितवन इन्चार्ज शोभा कट्टेललाई उद्धृत गर्दै राससले जनाएको छ ।
उनीहरुले यहाँका सञ्चारमाध्यममै गएर हिन्दी गीत प्रसारण नगर्न भनेका थिए। अण्डा, दूध, तरकारी, माछा, केराजस्ता नेपालमै उत्पादन हुने कृषिजन्य वस्तुको पनि आयातमा रोक लगाउने शोभाले बताइन् । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवाललाई लिएर सरकारलाई बुझाएको ७० बुँदे माग पूरा गराउन दबाबस्वरुप माओवादीले मङ्सिर १० गतेसम्म भारतीय वस्तुमाथि रोक लगाउने जनाएको छ।
ताम्सालिङ राज्यअन्तर्गत चितवन, मकवानपुर, धादिङ, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेलगायतका जिल्लामा माओवादीले यसरी भारतीय सवारीमा रोक लगाएको हो। नेकपा माओवादीका कार्यकर्ता चितवन भित्रिने र बाहिरिने नाका नाकामा बसेर भारतीय नम्वर प्लेटका गाडीलाई कडाइ गरिरहेका छन्। यसअघि चितवनका कृषकसँग उनीहरुले अन्तर्क्रिया गरी रोक लगाउनुपर्ने र नपर्ने खाद्य सामाग्री बोकेको गाडीको पहिचानसमेत गरेका थिए।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या
काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक
नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा (एमाले) माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुन सक्ने
काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर