रामदेवका खाद्य सामग्री कमसल भएको दाबी

१० आश्विन २०६९, बुधबार १०:४९ मा प्रकाशित

एजेन्सी, काठमाडौं, १० असोज । भारतीय योगगुरु रामदेवको दिव्य फार्मेसीबाट उत्पादित ६ खाद्य सामग्रीका नमुना परीक्षणमा असफल भएका छन् । रामदेवको उत्तराखण्डको हरिद्वार कनखलस्थित रामदेवको आश्रमबाट लिइएका ६ वटा नमुनाको उत्तराखण्ड खाद्य विभागमा गरिएको थियो।
भारतको खाद्य विभागका अनुसार रामदेवको आश्रमबाट उत्पादित नुन, मरिच, लिचि मह, सर्स्युंको तेल, जाम र बेसनका नमुना खाद्य परीक्षणमा असफल भएका छन्। यी सबै खाद्य सामग्रीको गुणस्तर कमसल रहेको पाइएको छ। यसबाहेक आश्रमबाहिर उत्पादित खाद्य सामग्रीको समेत आश्रमबाट उत्पादित ब्रान्डका रूपमा गरेको पाइएको छ। भ्रष्टाचारविरोधी अभियन्ता अन्ना हजारेको अभियानमा समेत सघाएका रामदेवको कनखलस्थित आश्रममा साउन ३२ गते छापा मारिएको थियो। छापा मार्दा खाद्य सामग्रीका नमुना संकलन गरिएको थियो।
रामदेवले आफ्नो फार्मेसीमा भउको सरकारको छापालाई उच्च वर्ग तथा सर्वसाधारणबीच युद्ध भन्दै आफू सर्वसाधारण भएको र आफ्नो लडाइँ सुरु भएको बताएका थिए। खाद्य विभाग सूत्रअनुसार रामदेवको ट्रस्टविरुद्ध कानुन अनुसार कारबाही गर्न र दसपन्ध्र लाख जरिवाना गर्न सकिन्छ।
रामदेवको आश्रमका खाद्य सामग्रीका नमुना परीक्षणमा असफल भएको समाचार सञ्चार माध्यममा आएपछि विभागका अधिकारी यसबारे चुपचाप बसेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

नयाँदिल्ली । भारतमा कोरोना भाइरसको संक्रमण व्यापक रुपमा बढिरहेको छ । पछिल्लो २४ घन्टामा मात्रै झण्डै ३ लाख नयाँ संक्रमित

विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३० लाख २३ हजार नाघेको छ । संक्रमित हुनेको संख्या पनि १४ करोड

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको महामारी अति भयावह बन्दै गएको छ र संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढिरहेको छ

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार