आधा करोड ठगेर महिला बेपत्ता

१० आश्विन २०६९, बुधबार १०:४१ मा प्रकाशित

काठमाडौं, १० असोज । पाल्पा तानसेन नगरपालिका १० भुसालडाँडामा होटल गरि बस्ने घिउकुमारी रानामगर स्थानीयबाट ४९ लाख बराबरको गरगहना र पैसा उठाएर फरार भएकी छन् । २३ जना छिमेकी र आफन्तसँग पैसा र गरगहना सापट लिएर ३५ वर्षिया राना सोमबारदेखि फरार भएकी बताइएको छ । रोचक के छ भने श्रीमती हराईन् भन्दै उनकै श्रीमान् दलजित रानाले जिल्ला प्रहरी कार्यालय पाल्पामा खोजी गरिदिन निवेदन दिएका छन्।
मिसन अस्पताल अगाडि होटल गरि बस्ने रोल्पा हुमा गाविस १ स्थायी ठेगानाकी रानाले पछिल्लो दुई हप्तामा व्यक्ति, संस्था र बैंकबाट नगद र गरगहना जुटाएकी जानकारी मिलेको छ । घर खर्च र कारोबारका लागि भन्दै छिमेकीहरुसँग उनले १ लाख देखि ४ लाखसम्म ऋण काढेकी थिइन्। परिवारमा समेत सल्लाह नगरी आफ्नै जग्गा धितो राखेर गरिमा विकास बैंकबाट उनले कर्जा लिएकी परिवारले जनाएको छ । स्थानीयले राना परिवारको यस दाबीलाई आशंकाको दृष्टिले हेरेका छन् ।
गत सोमबार दिउसो करिव ४ बजेतिर तानसेन बसपार्कबाट घुउकुमारी गायव भएकी बताइएको छ। आफूले प्रयोग गर्दै आएको मोवाइल र ७ हजार नगद आफन्त मार्फत श्रीमानलाई दिन भनि पठाएर आफू गायव भएकी थिइन् । उनका श्रीमान् रोजगारीका लागि दुबइमा थिए। श्रीमान् विदेशबाट आएको महिना दिन नपुग्दै उनी धनमाल सहित बेपत्ता भएकी हुन्। भुसलडाँडाका महेश भट्टराईको घर भाडामा लिएर राना दम्पत्तीले विगत ८ बर्षदेखि होटल सञ्चालन गर्दै आएका थिए। उनीहरुका सन्तान छैनन्।
संस्था र व्यक्तिसंग गरेर ४९ लाख बरबरको धनमाल लिएर बेपत्ता भएको र खोजि गरिदिन भनि निवेदन परेको र यसबारे अनुसन्धान सुरु गरिएको प्रहरी नायव उपरीक्षक मीरा चौधरीले जानकारी दिएकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । राष्ट्र बैङ्ककी निर्देशक सुष्मा रेग्मी रिजाललाई कारागार पठाइएको छ । ज्येष्ठ नागरिक सम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतको

काठमाडौ । कुम्भ मेलामा सहभागी हुन भारतको हरिद्वार पुगेका पूर्वराजा ज्ञानेन्द्र शाह शाही स्नानको रथयात्रामा सहभागी भएका छन् । भारतको

भक्तपुर । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष आठाँै