च्यालेन्ज कपको उपाधिका लागि उत्तरकोरिया र तुर्कमिनिस्तान भिड्दै

६ चैत्र २०६८, सोमबार ११:२३ मा प्रकाशित

काठमाडौ, ६ चैत । एएफसी च्यालेन्स कपको उपाधिका लागि आज उत्तरकोरिया र तुर्कमेनिस्तानबीच  प्रतिस्पर्धा हुदैछ । फाइनल खेल साँझ ६ बजेपछि दशरथ रंगशालामा हुनेछ । उत्तरकोरिया डिफेन्डिङ च्याम्पियन पनि हो । गएको शुक्रबार भएको खेलमा उत्तरकोरियाले प्यालेष्टाइनलाई २–० र  तुर्कमिनिस्तानले फिलिपिन्सलाई २–१ ले हराएपछि दुवै टीम फाइनलमा प्रवेश गरेका हुन् । सेमिफाईनलमा पराजित भएका दुवै टीम प्यालेष्टाइन र फिलिपिन्सले पनि आजै तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने छन् । तेस्रो स्थानको लागि हुने खेल दिउँसो २ बजेपछि सुरु हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नर्दन आयरल्यान्डविरुद्ध सहज जितसँगै नर्वेले यूइएफए महिला युरो च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । बिहीबार राति साउथह्याम्पटनमा भएको

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोलाई यसै खेलाडी ट्रान्सफरमा बेच्न म्यानचेस्टर युनाइटेड तयार भएसँगै उनी कुन क्लबमा जान्छन् भन्ने कौतुहलता बढेको छ

काठमाडौं । भारतले पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा बिहीबार राति घरेलु टोली इंग्ल्यान्डलाई ५० रनले पराजित गरेको छ । जितसँगै तीन

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले जमैका तल्लावाजबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्ने भएका छन् । आगामी