पदाधिकारीहरूकै स्वार्थका कारण कांग्रेस अवैधानिक हुने अवस्थामा पुग्योः नेता सिंह

७ कार्तिक २०७८, आईतवार १७:०८ मा प्रकाशित

जनकपुरधाम । कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति र पदाधिकारीहरूकै स्वार्थ र लापरबाहीले पार्टी अवैधानिक हुने अवस्थामा पुगेको आरोप लगाएका छन् ।

प्रेस युनियन धनुषाले आइतबार जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस पूर्वउपभापतिसमेत रहेका नेता सिंहले पदाधिकारीहरूले महाधिवेशन प्रति उदासिन रहेकोले विगतमा पटकपटक महाधिवेशनको मिति सारिएको बताए ।

तोकिएको मितिमै महाधिवेशन हुनुपर्ने बताउदै उनले भने, ‘क्रियाशील सदस्यको विवाद रहेका दुई जिल्लाको वडाको समस्या समाधान गरी महाधिवेशन तोकिएकै समय हुनुपर्नै हरेक कांग्रेसजनको चाहना हो ।’

१४औं महाधिवेशनमा नेतृत्व परिवर्तनको आवश्यकता रहेको बताउँदै उनले सभापतिमा आफूहरूले उम्मेदवारी दिने पक्का रहेको बताए । सर्वसहमत रूपमा आफू सभापतिको उम्मेदवारको लागि नेताहरूसँग निरन्तर छलफल रहेका उनले बताए ।

पार्टीलाई गतिशिल बनाएर देशलाई आर्थिक क्रान्तिको बाटोमा डोर्‍याउन सफल र सक्षम नेतृत्वको खाँचो रहेको उनले औँल्याए । कांग्रेस नेतृत्वमा बनेको वर्तमान सरकारले ८८ दिनपछि पूर्णता पाएको बताउँदै उनले सरकारले कोरोना नियन्त्रण, बाढीपहिरो पीडितलाई राहत दिन सरकार गम्भीर रहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली काँग्रेसले ६ वटा प्रदेशमा प्रथम अधिवेशन सम्पन्न गरेको छ । सोमबार बिहानसम्म प्रदेश १, वागमती, गण्डकी, लुम्बिनी,

काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अर्को कार्यकाल पार्टीको नेतृत्व गर्ने चाहना व्यक्त गरेका छन् । अब देउवासँग भिड्ने को

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निरत्साहित नहुन पराजित भएका उम्मेदवारहरुलाई आग्रह गरेका छन् । एक अपिल जारी

काठमाडौँ ।नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल समूहबाट सभापतिका आकांक्षी ४ नेता छलफलमा जुटेका छन् ।  पौडेल निवास बोहराटारमा सभापतिका आकांक्षी