अमेरिकाले उत्तर कोरियालाई भन्यो,‘उत्तेजनात्मक परिक्षण अन्त्य गरी वार्तामा आउ’

७ कार्तिक २०७८, आईतवार १६:३३ मा प्रकाशित

वासिङटन ।आइतबार संयुक्त राज्य अमेरिकाका वरिष्ठ कुटनितिज्ञले उत्तर कोरियालाई वार्तामा आउन आग्रह गरेका छन्। उत्तेजनात्मक क्षेप्यास्त्र परिक्षण अन्त्य गरी तत्काल पुन वार्तामा आउन अमेरिकी कुटनितिज्ञ सुङ किमले उत्तर कोरियालाई आग्रह गरेका हुन्। उत्तर कोरियाली मामिलासम्बन्धी अमेरिकी शीर्ष नेता किमले दक्षिण कोरियाली अधिकारीहरुसँगको छलफलपछि आइतबार आग्रह गरेका हुन्।

‘उत्तेजक परिक्षण र अन्य सैन्य गतिविधि गर्नुको सट्टा सिधै वार्तामा आउन हामीले उत्तर कोरियासँग आग्रह गरिसकेका छौं’, किमले रिपोर्टरहरुसँग भने,‘साथै यदि उत्तर कोरिया तयार भएमा अमेरिका बिना शर्त वार्तामा आउन तयार रहेको पनि हामीले स्पष्ट पारिसकेका छौं।’

गएको मंगलबार उत्तर कोरियाले पनडुब्बीबाटै जापानको समुद्र क्षेत्रनजिक दुईवटा नवनिर्मित ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो। सो प्रहारले जापान, कोरिया प्रायद्धिप आदि क्षेत्रमा तनाव बढ्ने भन्दै संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले समेत बैठक राखेको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

लिस्बोन । पोर्चुगलमा संसद विघटन गर्दै अग्रिम निर्वाचनको घोषणा गरिएको छ । राष्ट्रपति मर्केलो रिबेलो डि सौसाले आइतबार संसद विघटन

काठमाडौं । भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जी नेपाली कांग्रेसको महाधिवेशनमा सहभागी हुन आगामी शनिबार काठमाडौं आउने भएकी छिन् ।

बान्जुल, गाम्बिया । गाम्बियाको राष्ट्रपति चुनावमा आदामा ब्यारोेले दोस्रो कार्यकालमा सहजै जित हासिल गरेका छन् । आइतवार ढिलो नतिजा घोषणा

न्युयाेर्क।राइफल बाेकेर खिचेकाे तस्विर सामाजिक सञ्जालमा पाेस्ट गरेपछि अमेरिकाका एक सांसद विवादमा तानिएका छन् । विद्यालयमा भएकाे गाेलीकान्डपछि परिवारका सदस्यले