रातभर भिडियो कल अन गरेर कोसँग सुत्छिन् श्वेता तिवारी

७ कार्तिक २०७८, आईतवार १५:३७ मा प्रकाशित

काठमाडौं। अभिनेत्री श्वेता तिवारी बेला बेला चर्चामा आइरहने कलाकार हुन् । उनी अहिले केपटाउनमा छिन् ।

टेलिभिजन शो ‘खतरों के खिलाडी’ को सुटिङका लागि उनी त्यहाँ गएकी हुन् । २ दशकअघि ‘कसौटी जिन्दगी की’बाट ठूलो चर्चा पाएकी श्वेताले अभिनय क्षेत्रमा धेरै कुरा हासिल गरेकी छिन् ।

उनका दुई सन्तान पलक र रेयांश छन् । उनी निजी र व्यवसायिक जीवनमा सन्तुलन बनाएर राख्छिन् ।

टाइम्स अफ इण्डियासँगको कुराकानीमा श्वेताले अहिले आफू भिडियो कल अन गरेर सुत्ने गरेको बताएकी छिन् ।

आफ्ना छोराछोरीको बारेमा कुरा गर्दै उनले भनिन् ‘रातमा हामी भिडियो कल अन गरेर सुत्छौं ताकि हामी जतिबेला उठे पनि एक अर्कालाई देख्न सकौं । जतिबेला पनि हामीले मौका पाउँछौं, हामी कुरा गर्छौं ।’

उनले आफूले हरेक स्टन्ट गर्नुभन्दा पहिले र गरिसकेपछि छोरीसँग कुरा गर्ने खुलासा गरेकी छिन् ।

खतरों के खिलाडी पनि श्वेताले फेरि फिक्सन विधाका शोमा काम गर्ने योजना बनाएको बताइन् । उनले भनिन् ‘जहिले पनि मलाई नयाँ शोको अफर आउँछ त्यसपछि मैले आफ्नो भूमिकाको ग्राफ हेर्छु ताकि यो रोचक छ भन्ने सुनिश्चित गर्न सकुँ र शो सकिँदासम्म मलाई दिक्क नलागोस् ।

यदि कुनै रोचक रोल आयो भने म लिन्छु चाहे त्यो सकारात्मक होस् वा नकारात्मक ।’ उनी अहिलेपनि विभिन्न भूमिकाकै कारण चर्चामा छिन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं। प्लेब्वाय मेन्सनको विषयमा धेरै किसिमका चर्चाहरु हुन्छन् । एक समय हरेक महिला मोडलको लागि ह्यु हेफनरको यो मेन्सनमा जानु

काठमाडौं । रिपोर्टर्स क्लव नेपालका अध्यक्ष एवम् पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम धमलाले आफ्ना अर्ध नग्न तस्वीरहरू सामाजिक सञ्जामार्फत

काठमाडौँ । यस वर्ष ‘आइसी डिजाइनर रनवे १०’ फेसन शो आयोजना हुने भएको छ । आइसी डिजाइनर रनवे १० आगामी

मुम्बई । भारतीय नायिका अप्सरा रानीका अर्धनग्न तस्वीरहरू सार्वजनिक भएका छन् । बेलाबेला चर्चामा आइरहने अप्सराको ती तस्वीरहरू भाइरल बनेका