कांग्रेसले आलोपालोको आधारमा प्रदेश १ सरकारको नेतृत्व माग्यो

७ कार्तिक २०७८, आईतवार १३:४० मा प्रकाशित

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मत विभाजन हुँदा नेपाली कांग्रेसका सांसदले ‘फ्लोर क्रस’ गर्ने हल्ल चलेपछि राजनीतिमा नयाँ दरंग पैदा भएको छ । यद्यपि, आफ्ना सांसदले ‘फ्लोर क्रस’ नगर्ने नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका नेता राजीव कोइरालाले बताएका छन् । कांग्रेसले एकजुट भएर प्रस्तावको विपक्षमा मतदान गर्ने कोइराराले बताएका छन् ।

नेता कोइरालाले विश्वासको मतको विपक्षमा मतदान गर्ने भने पनि अर्को शर्त अघि सारेका छन् । प्रदेश १ मा कांग्रेसले आलोपालोको आधारमा सरकारको नेतृत्व गर्न पाउनुपर्ने माग गरेको हो । उनले भने ‘हामी प्रतिवद्ध छौं । कांग्रेसले एकमत भएर प्रस्तावको विपक्षमा मतदान गर्नेछ । तर, आलोपालोको आधारमा सरकारको नेतृत्व गर्न पाउनुपर्छ ।’

उनले बगमती प्रदेशका लागि भएको सहमतिलाई आधार मान्दै भने– ‘बागमती प्रदेश र प्रदेश १ मा नेकपा एकीकृत समाजवादीले प्रदेश सरकारको नेतृत्व गर्ने सहमति बनेकै हो । तर बागमतीमा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ । त्यसैले प्रदेश १ मा पनि आलोपालो हुनुपर्छ ।’

बगमती प्रदेशमा एकीकृत समाजवादी र नेपाली कांग्रेसले आलोपालोका आधारमा सरकारको नेतृत्व गर्ने सहमति भइसकेको छ । त्यसैगरी कांग्रेसले कर्णाली प्रदेशमा पनि आलोपालोको आधारमा सरकारको नेतृत्व मागिरहेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली काँग्रेसले ६ वटा प्रदेशमा प्रथम अधिवेशन सम्पन्न गरेको छ । सोमबार बिहानसम्म प्रदेश १, वागमती, गण्डकी, लुम्बिनी,

काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अर्को कार्यकाल पार्टीको नेतृत्व गर्ने चाहना व्यक्त गरेका छन् । अब देउवासँग भिड्ने को

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निरत्साहित नहुन पराजित भएका उम्मेदवारहरुलाई आग्रह गरेका छन् । एक अपिल जारी

काठमाडौँ ।नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल समूहबाट सभापतिका आकांक्षी ४ नेता छलफलमा जुटेका छन् ।  पौडेल निवास बोहराटारमा सभापतिका आकांक्षी