यात्रुवाहक जिप दुर्घटनामा ६ को मृत्यु

१० आश्विन २०६९, बुधबार ०९:५७ मा प्रकाशित

काठमाडौं, १० असोज । पर्वतको वाहकीमा गए राती साढे दश बजे भएको यात्रुबाहक जिप दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। ग १ ज ४६७९ नंबरको जिपमा परेर मृत्यु हुनेमा मृत्यु हुनेमा पर्वत उरामपोखरा ४ की ६८ बर्षीय बसुन्धरा भट्टराई, सोही स्थानका ६४ बर्षका मन बहादुर बस्याल, वडा नं ५का ५६ वर्षिय चन्द्र माविका प्रधानाध्यापक डिल्लीराम भुसाल भएको बताइएको छ । यसैगरी वडा नं ३का ६४ वर्षिय याम बहादुर थापा, थापाकी छोरी १८ वर्षकी छोरी जीत कुमारी थापा, सोही वडाका ७६ वर्षिय भक्तराम रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ। घटनामा तीन जना घाइते भएका छन्।
उकालोमा लोड तान्न नसकेर जिप ब्याक हुँदा दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ। सो जिपले चामल, सिमेन्ट लगायतका सामाग्री समेत लिएर गएकोले ओभरलोडको कारण कच्ची सडकबाट करिव पाँच सय मिटर तल खसेको हो । जिपका चालक राजु परियार फरार रहेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को महामारीबीच वर्ष २०७७ मा विकास निर्माणका काममा थप सफलता हासिल गराएर सरकारले

काठमाडौं । आज विक्रम संवत् २०७८ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले देशभर दैनिक ११ हजारसम्म कोरोना भाइरस संक्रमित पुग्‍नसक्ने प्रक्षेपण गरेको छ ।मंगलबार स्वास्थ्य पत्रकारहरुसँगको