ट्वान्टी–२० छनोट क्रिकेटमा नेपालले आज नेदरल्याण्डस्को सामना गर्दै

६ चैत्र २०६८, सोमबार ११:२२ मा प्रकाशित

काठमाडौ, ६ चैत । युएईमा जारी आईसीसी विश्वकप ट्वान्टी–२० छनोट क्रिकेटमा नेपालले आज नेदरल्याण्डस्को सामना गर्दैछ । ५ खेलबाट ८ अंक जोडेको नेदरल्याण्डस् दोस्रो स्थानमा छ भने नेपाल ६ अंकका साथ चौथो स्थानमा रहेको छ । नेदरल्याण्डस् वलियो टिम मानिन्छ । अब एक खेलमा मात्र जीत हात पारेमा नेपालको छनोटको सम्भावना रहने छ । भोली पनि नेपालले वलियो टिम मानिएको क्यानडासँग प्रतिस्पर्धा गर्नुपर्नेछ । क्यानडा ६ अंक सहित रनरेटका आधारमा नेपाल भन्दा एक स्थान माथि छ । आज अफगानिस्तान विरुद्ध हङकङ, ईटली विरुद्ध स्कटल्याण्ड, केन्या विरुद्ध अमेरीका, बर्मुडा विरुद्ध पपुवान्युगिनी, क्यानडा विरुद्ध डेनमार्क, आयरल्याण्ड विरुद्ध युगान्डा र नामिविया विरुद्ध ओमन भिड्ने छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

घरेलु टोली आयरल्याण्डविरुद्धको तीन खेलको ट्वेन्टी(ट्वेन्टी क्रिकेट श्रृंखला दक्षिण अफ्रिकाले क्लिन स्विप गरेको छ । तेस्रो तथा अन्तिम खेल ४९

काठमाडौं । टोकियो ओलिम्पिक्समा नेपाली खेलाडीहरूको खेल आजदेखि शुरु भएका छन् । शुटिङमा नेपालकी कल्पना परियारले महिला १० मिटर एयर

टोकियो। जापानको राजधानी टोकियोमा हुन लागेको ओलम्पिक प्रतियोगिताको औपचारिक उद्घाटन आज हुँदैछ । प्रतियोगिता आजदेखि सुरु भई आगामी अगस्ट ८

जापानको राजधानी टोकियोमा हुन लागेको ओलम्पिक प्रतियोगिताको उद्घाटन समारोहमा १५ राष्ट्र र सङ्गठनका प्रमुख सहभागी हुने अपेक्षा गरिएको छ ।