सुटिङ नहुंदा संगीता साहुनी

१० आश्विन २०६९, बुधबार ०९:४० मा प्रकाशित

कलाकर्मीहरू अझै पनि पूर्ण रूपमा कलाकारिता क्षेत्रतर्फ भरोसा गर्न सकिरहेका छैनन् । केही कलाकर्मीलाई छाडेर भन्ने हो भने (साइड विजनेस) मा प्रायः कलाकर्मी रहेका देखिन्छन् । काम, त्याग अनि खर्चेको समयको अनुपातमा राम्रोसंग टिक्न र चल्न सक्ने पारिश्रमिक नपाएपछि कलाकर्मीहरू समय कटाउन पनि सजिलो हुने र दुई–चार पैसा पनि आउने भन्ने सोचमा केही न केही व्यवसायमा लागिपरेको देखिन्छ ।
आइतबार दिउंसो काठमाडौंको दरबारमार्गमा भेटिएकी अभिनेत्री सङ्गीता भोक्तानले पनि यस्तै धारणा राखिन् । उनलाई दिउंसो शोभाज अप्टिङमा भेट्दा त्यहां बाक्लै उपस्थिति रहेको थियो महिलाहरूको । साडी र कुर्थाहरू पाइने त्यहां यो स्तम्भकारले सङ्गीतालाई ग्राहकको रूपमा सोचेको थियो तर त्यहां त उनी किन्न होइन बेच्न पो उपस्थित भएकी रहिछिन् । ‘केही न केही त गर्नुपरयो नि । परिवारलाई पनि हुने अनि आफूलाई पनि समय बिताउने बाटो हुने । सुटिङ नभएको समयमा बरालिएर हिंड्नुभन्दा साहुनी हुनु नै वेश होइन र ?’ उनको प्रतिप्रश्न थियो ।
कुराकानीको क्रममा सङ्गीताले काठमाडौं दरबारमार्गको नाङ्लोको ठीक अगाडि रहेको शोभाज अप्टिङ खोलेको एक महिना जति भएछ । ‘किन्ने ग्राहकहरू राम्रै आइरहनुभएको छ । मलाई घाटा छैन । म सन्तुष्ट नै छु । फरक क्षेत्र र फरक अनुभव रमाइलै छ,’ उनी प्रसन्न छिन् । साडी र कुर्था सलवार मात्र पाइने यहांका लागि सङ्गीता आफैं भारतबाट सामान ल्याउंदिरहिछिन् । ‘भारतको चेन्नाई, कोलकाता र दिल्लीबाट साडी र कुर्थाहरू ल्याउंछु म’ उनले थपिन ।
चलचित्रहरूको छायाङ्कन र विदेशमा हुने सांस्कृतिक कार्यक्रममा व्यस्त हुंदा भने सङ्गीताले यो पसललाई के गर्छिन् त ? प्रश्न भुइंमा खस्न नपाउंदै यस्तो आयो उनले भनिन्, ‘आमाले हेर्नु हुन्छ । मेरो एउटा दाइ र भाइ विदेशमा बस्नुहुन्छ । नेपालमा आमा, बुबा र म मात्रै छौं । आमालाई पनि दिन कटाउन सजिलो हुन्छ यो पसलबाट,’ सङ्गीताले बताइन् ।
साडी र कुर्था पसल राखेर लाखौं कमाउने सपना देखेकी छैनन् उनले । ‘मेरो सम्पर्कस्थान पनि हो यो । साथीभाइलाई बोलाउंदा बोलाउने ठाउं पनि थिएन, अब भयो । ठगेर रातारात कमाउने सपना छैन मेरो । नाफा धेरै नहोस् तर घाटा पनि नजाओस् भन्ने उद्देश्य छ मेरो । सामान्य रूपमा अगाडि बढ्ने योजना छ । म ठग्न सक्दिनं,’ उनले बताइन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

बलिउड । लण्डनमा आयोजना भएको ‘बाफ्टा अवार्ड २०२१’मा सहभागी नायिका प्रियंका चोपडाले लगाएको पहिरनबारे सोसल मिडियामा निकै चर्चा भएको छ

काठमाडौँ । केहि महिना अघि ‘माझी दाई’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका गायक भिम श्रेष्ठले आफ्नो बिल्कुलै नयाँ गीत ‘ओ

काठमाडौँ । ‘स्टार अफ द मिलिनियम २०२१’ छानौट हुने भएको छ । जसका लागि २० प्रतियोगी छनौट समेत छानिएका छन्

काठमाडौँ । अमेरिकाको रोचेस्टर निवासी गायक निमा तामाङको स्वरमा रहेको ‘हेर्देउन मायाले’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। लोकलयमा आधारित