‘वुमन्स पावर लिफ्टिङ’को उपाधि नेहालाई

पोखरा रङ्गशालास्थित बहुउद्देसीय कभर्ड हलमा सम्पन्न प्रतियोगितामा नेहाले ६० केजी तौल समूहमा ‘स्क्वाड’ तर्फ १२८ केजी, ‘बेन्च प्रेस’ मा ७० केजी र ‘डेडलिफ्ट’मा १४३ गरी कूल ३४१ केजी भार उठाएकी थिइन् । उनले उपाधिसँगै नगद रु ८० हजार र रु ५० हजार पर्ने आकर्षक वेल्ट पुरस्कार पाएकी छन् ।
७ कार्तिक २०७८, आईतवार ०८:१३ मा प्रकाशित

कास्की । गोर्खा क्लासिक नेपालले आयोजना गरेको ‘वुमन्स पावर लिफ्टिङ च्याम्पियनसिप–२०२१’ उपाधि नेहा बानुले जित्न सफल भएकी छन् । पोखरा रङ्गशालास्थित बहुउद्देसीय कभर्ड हलमा सम्पन्न प्रतियोगितामा नेहाले ६० केजी तौल समूहमा ‘स्क्वाड’ तर्फ १२८ केजी, ‘बेन्च प्रेस’ मा ७० केजी र ‘डेडलिफ्ट’मा १४३ गरी कूल ३४१ केजी भार उठाएकी थिइन् ।

उनले उपाधिसँगै नगद रु ८० हजार र रु ५० हजार पर्ने आकर्षक वेल्ट पुरस्कार पाएकी छन् । नेहा ६० केजी तौल मूनीको समूहमासमेत प्रथम स्थान हासिल गर्न सफल भई रु २५ हजार पुरस्कार पाएकी थिइन् ।

यसैगरी प्रतियोगितामा ६० केजी मुनिको समूहमा पुनम तामाङ द्वितीय र ज्योति थापा तृतीय स्थान हासिल गर्न सफल भए । प्रतियोगिताअन्तर्गत नै भएको ६० केजीभन्दा माथिको समूहमा शर्मिला शाह प्रथम भइन् भने सीमा गुरूङ द्वितीय र कोमल थापाले तृतीय स्थान हासिल गरे ।

प्रतियोगितामा ६० केजीभन्दा माथिको र ६० केजीभन्दा तल दुवै विधामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः रु २५ हजार, रु १५ हजार र रु १० हजार नगद पुरस्कार प्राप्त गरेका थिए । विजयी खेलाडीलाई गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री राजीव गुरूङ, आयोजक संस्थाका अध्यक्ष राजकुमार गुरुङ लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । एमालेको ३०१ केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यमध्ये निर्विरोध हुन नसकेका पदमा सोमबार राति नौ बजेदेखि एक बजेसम्म मतदान

काठमाडौं । नेकपा एमालेको सात वटा प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यमध्ये बहुमत सदस्य निर्विरोध निर्वाचित भएका छन् । एमालेको १०औँ

काठमाडौं । कोरोना भाइरसको नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले १५ देखि १७ मंसिरसम्म हुने पार्टीको महाधिवेशनमा फेरि अध्यक्षमा घोषणा गरेका छन् । सोमबार