महेन्द्र उमाविलाई पौने चार करोड भारतीय सहयोग

१० आश्विन २०६९, बुधबार ०९:२६ मा प्रकाशित

काठमाडौं, १० भदौ । अछामस्थित महेन्द्र उच्च माध्यमिक विद्यालयको स्तरोन्नतिका लागि भारतले तीन करोड ७७ लाख ६ हजार अनुदान सहयोग प्रदान गर्ने भएको छ । भारत–नेपाल आर्थिक सहयोग कार्यक्रमअन्तर्गत उपलब्ध हुने सो सहयोगसम्बन्धी सम्झौतामा भारतीय दूतावास, अछाम जिविस र महेन्द्र उमाविबीच सम्झौतामा हस्ताक्षर भएको छ । साना विकास परियोजनाअन्तर्गत भारत सरकारको अनुदान सहयोगमा अछाम जिल्लामा सञ्चालन हुने यो पहिलो विकास परियोजना हो । यसका अतिरिक्त अछामका स्वास्थ्य संस्थाहरूलाई दुईवटा एम्बुलेन्स पनि उपहार प्रदान गरिएकोे छ ।
सन् १९६० मा प्राथमिक विद्यालयको रूपमा स्थापना भई ०७ सालमा उच्च माध्यमिक विद्यालयमा स्तरोन्नति गरिएको महेन्द्र उच्च माध्यमिक विद्यालय नेपालको सुदूरपश्चिम क्षेत्रअन्तर्गत अछामको बयलपाटा गाविसमा अवस्थित छ । विद्यालयमा हाल उपलब्ध पूर्वाधार जीर्ण भइसकेको छ भने सा“घुरो संरचनाका कारण विद्यार्थी र प्राध्यापकहरूका लागि अध्ययन–अध्यापनमा कठिनाइ परिरहेको छ । भारतको सहयोगमा बन्ने भवनबाट विद्यालयमा अत्यावश्यक कक्षाकोठाहरू उपलब्ध भई आधाजसो सङ्ख्यामा रहेका छात्राहरूसहित १३ सयभन्दा धेरै विद्यार्थीलाई सहज शैक्षिक वातावरण उपलब्ध हुने विश्वास गरिएको छ ।
भारत–नेपाल आर्थिक सहयोग कार्यक्रमअन्तर्गत सञ्चालन हुने परियोजना नेपालका अधिकांश जिल्लालाई समेट्ने गरी शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासका लागि हाल कार्यान्वयनमा रहेका तथा पूरा भएका ठूला तथा साना चार सय २५ भन्दा धेरै परियोजनाको लागत ६४ अर्ब रहेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

गृहमन्त्री बालकृष्ण खाणले संसद्मा विचाराधिन रहेको नागरिकता विधेयकलाई दलको सहमतिमा अघि बढाउने प्रयत्नमा सरकार लागेको बताउनुभएको छ । विधेयक अघि

काठमाडौं । नेपालले अमेरिकालाई अमेरिकाको ‘स्टेट पार्टनरसिप प्रोग्राम’ एसपीपीमा आबद्ध नहुने निर्णय पठाएको छ । गृहमन्त्री वालकृष्ण खाँणका अनुसार एसपीपीमा

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली काँग्रेस नेतृत्वको गठबन्धनबाट समाजवाद सम्भव नुहने बताएका छन् । सोमबार नरबहादुर कर्मचार्य

काठमाडौं । घूसकाण्डमा मुछिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला निलम्बित भएका छन् । घटना छानबिनका लागि जाँचबुझ समिति गठनबारेको

आजको प्रमुख समाचार