ओलीको ट्याउँ-ट्याउँ सुन्नुभएको छ नि !

६ कार्तिक २०७८, शनिबार १६:३९ मा प्रकाशित

काठमाडौं ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमालेबाट विद्रोह गर्ने क्रममा आफूलाई साथ नदिएका नेताहरुको हरिबिजोग भएको टिप्पणी गरेका छन्।

शनिबार काठमाडौं-सिन्धुपाल्चोक सम्पर्क मञ्चको भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘ओलीले आफ्नो आदेशको पालना गर्‍यो भने स्याबास भन्छन्। उ बस्न पाउँछ। आदेशको पालना गरेन भने कति ट्याउँ-ट्याउँ गरेको? भन्छन्। सुन्नुभएको छ नि १० बुँदेको ट्याउँ-ट्याउँ।’

पार्टी विभाजनको क्रममा १० बुँदे सहमति भनेर आफ्नो साथ छाडेको तेस्रो धारका नेताहरुको एमालेमा हरिबिजोग भइरहेको उनले टिप्पणी गरे।

अध्यक्ष नेपालले भने, ‘कुनै मर्यादा छैन,कुनै सम्मान र कुनै छलफल छैन, त्यसैले हामी भनिरहेका छौँ त्यो पार्टी हामीले बनाएका हौँ। केपी ओली कहाँ थिए ३१ सालमा हामीले दस्तावेज जारी गर्ने बेलामा? क्रान्तिकारी अपिल जारी गर्ने बेलामा? कहाँ थिए यी व्यक्तिहरु ३२ सालको जेठ महिनामा घोषणा जारी गर्दा कोर्डिनेसन केन्द्रको केन्द्रीय कमिटी र पोलिटब्युरो घोषणा गर्दा? त्यो बेलामा योद्धाहरु मुकुन्द न्यौपाने, झलनाथ खनाल हाम्रो साथमा हुनुहुन्छ। म स्वयम् तपाईंहरुको साथमा छु।’

एमाले आफूले यहाँसम्म ल्याएको पार्टी भएको दाबी गर्दै उनले पार्टी निर्माणमा केपी शर्मा ओली कम्पनीको कुनै भूमिका नभएको जिकिर गरे।

‘३४ सालमा पुष्पलाल समूहबाट विद्रोह गरेर आउनुभएको जीवराज आश्रित हुनुहुन्न अहिले। मोदनाथ प्रश्रित हुनुहुन्छ। मदन भण्डारी हुनुहुन्न। उहाँले अगाडी सार्नुभएको जनताको बहुदलीय जनवाद हाम्रो पार्टी नेकपा एमालेले अगाडि सारेको थियो। केपी ओली एण्ड कम्पनीले गरेको होइन’ अध्यक्ष नेपालको भनाइ छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली काँग्रेसले ६ वटा प्रदेशमा प्रथम अधिवेशन सम्पन्न गरेको छ । सोमबार बिहानसम्म प्रदेश १, वागमती, गण्डकी, लुम्बिनी,

काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अर्को कार्यकाल पार्टीको नेतृत्व गर्ने चाहना व्यक्त गरेका छन् । अब देउवासँग भिड्ने को

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निरत्साहित नहुन पराजित भएका उम्मेदवारहरुलाई आग्रह गरेका छन् । एक अपिल जारी

काठमाडौँ ।नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल समूहबाट सभापतिका आकांक्षी ४ नेता छलफलमा जुटेका छन् ।  पौडेल निवास बोहराटारमा सभापतिका आकांक्षी