कानुन हातमा लिनेहरू कारबाहीको भागिदार बन्नैपर्छ : प्रवक्ता विश्वप्रकाश शर्मा

६ कार्तिक २०७८, शनिबार १६:०६ मा प्रकाशित

काठमाडौं ।नेपाली कांग्रेसले खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहामाथि गम्भीर दुर्व्यवहार गर्ने दोषीलाई कानुनी कारबाही गर्न सरकारले अघि बढाएको प्रक्रियालाई स्वागतयोग्य भनेको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्ति जारी गरी राजनीतिमा, प्रशासनमा र समग्र समाजमा रहेका बेथितिविरुद्ध प्रश्न उठाउनु र स्वच्छ समाजको खोजी गर्नु हामी सबैको कर्तव्य रहेको भन्दै कानुन हातमा लिने, बलजफ्ती र हुल हुज्जत गर्ने कार्य सभ्य समाजको परिचायक हुन नसक्ने जनाएका छन्।

‘यस्तो घटना आपत्तिजनक र निन्दनीयसँगै कडा कारबाहीको बिषय बन्दछ’ शर्माले विज्ञप्तिमा भनेका छन्, ‘जनकपुरको घटनाबाट नेपाली इन्जिनियरहरू, कर्मचारीहरू र सभ्य समाजमा विश्वास गर्ने सबैलाई मर्माहत बनाएको छ।’

शान्तिपूर्ण राजनीतिमा सहभागी हुने उद्घोष गरेका हरेक दल र संस्थाले आफ्ना समर्थक र सदस्यलाई तदनुकुलको संस्कार र व्यवहारमा रुपान्तरण गर्नु सम्बन्धित दल नेतृत्वको कर्तव्य हुने कांग्रेसले स्मरण गराएको छ।

हुलहुज्जतको बाटोले समुन्नत समाजमा पुग्न नसकिने भन्दै कांग्रेसले हरेक दल, नेतृत्व, सदस्य, समर्थक र हरेक नागरिकले यसलाई गहिरो आत्मसात गर्नुपर्ने आवश्यकता औंल्याउँदै थप सजगता र कडाइका लागि सरकारलाई अपीलसमेत गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली काँग्रेसले ६ वटा प्रदेशमा प्रथम अधिवेशन सम्पन्न गरेको छ । सोमबार बिहानसम्म प्रदेश १, वागमती, गण्डकी, लुम्बिनी,

काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अर्को कार्यकाल पार्टीको नेतृत्व गर्ने चाहना व्यक्त गरेका छन् । अब देउवासँग भिड्ने को

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निरत्साहित नहुन पराजित भएका उम्मेदवारहरुलाई आग्रह गरेका छन् । एक अपिल जारी

काठमाडौँ ।नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल समूहबाट सभापतिका आकांक्षी ४ नेता छलफलमा जुटेका छन् ।  पौडेल निवास बोहराटारमा सभापतिका आकांक्षी