एमाले अध्यक्ष ओलीको आरोप : पाँच दलीय गठबन्धन प्रतिगमनकारी

६ कार्तिक २०७८, शनिबार १५:२१ मा प्रकाशित

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनको चर्को आलोचना गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले सरकार र सत्तारुढ गठबन्धनलाई प्रतिगमनकारीको संज्ञा दिँदै उनीहरूले देशलाई दिशाहीन अवस्थामा पुर्‍याउने प्रयास गरिरहेको आरोप लगाए। शनिबार देशभरका पार्टी वडा अधिवेशनहरूको भर्चुअल माध्यामबाट एकसाथ उद्घाटन गर्दै उनले ३ महिनाको अवधिमा सरकारले मुलुकलाई अराजकतातर्फ धलेकिरहेको दाबी गरे ।

उनले सत्तारुढ पाँच दलीय गठबन्धनले कम्युनिस्ट आन्दोलनलाई ध्वस्त पारेर प्रतिगामी शक्तिहरूको सेवा गरिरहेको भन्दै आक्रोशसमेत व्यक्त गरे। अध्यक्ष ओलीले आफ्नो पार्टीले आगामी निर्वाचनमा हरेक तहमा सानदार ढंगले बहुमत ल्याउने गरी तयारी गरिरहेको दोहोर्‍याउँदै सोहीअनुसार पार्टीको काममा जुट्न पनि नेता, कार्यकर्तालाई निर्देशन दिए। एमाले समाप्त हुन्छ भन्ने भ्रम चिरिएको उल्लेख गर्दै विरोधीहरूको भ्रममा नपरी देश निर्माणको अभियानमा जुट्न पनि सिंगो पार्टीपंक्तिलाई आह्वान गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली काँग्रेसले ६ वटा प्रदेशमा प्रथम अधिवेशन सम्पन्न गरेको छ । सोमबार बिहानसम्म प्रदेश १, वागमती, गण्डकी, लुम्बिनी,

काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अर्को कार्यकाल पार्टीको नेतृत्व गर्ने चाहना व्यक्त गरेका छन् । अब देउवासँग भिड्ने को

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निरत्साहित नहुन पराजित भएका उम्मेदवारहरुलाई आग्रह गरेका छन् । एक अपिल जारी

काठमाडौँ ।नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल समूहबाट सभापतिका आकांक्षी ४ नेता छलफलमा जुटेका छन् ।  पौडेल निवास बोहराटारमा सभापतिका आकांक्षी