बहसमा ‘अर्ली इलेक्सन’ : एमाले के भन्छ ?

राजनीतिक विश्लेषक कृष्ण पोखरेलले संविधानमा अर्ली इलेक्सनको व्यवस्था नै नभएको बताए । सत्ताबाट च्यूत भएका र पछिल्लो निर्वाचनमा पराजित भएकाहरुले गरेको बहस मात्रै भएको उनले बताए ।
६ कार्तिक २०७८, शनिबार १४:०७ मा प्रकाशित

काठमाडौं । अर्ली इलेक्सनको चर्चा सत्तारुढ दलबाट सुरु भएपछि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले त्यसलाई स्वागत गर्ने जनाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफैँ दुई पटक प्रतिनिधिसभा विघटन गरेर अर्ली इलेक्सनको प्रयास गरेका थिए । तर, सर्वोच्च अदालतको फैसला र संविधानका कारण उनको चाहना पूरा हुन सकेन् ।

यसै साता एक सार्वजनिक कार्यक्रममा एमाले अध्यक्ष ओलीले सरकारले अर्ली इलेक्शन गरे ठिकै हुने बताएका थिए । आफूले गरेको प्रतिनिधिसभा विघटन उचित भएको दाबी गर्दै आएका ओलीले निरन्तर प्रतिनिधिसभाको कार्यकाल अघि नै निर्वाचनको वकालत गर्दै आएका छन् । आफूले समेत अर्ली इलेक्सनन गराउन खोज्दा अस्वीकार गरेका दलहरु अहिले सरकारमा पुगेकाले चुनाव भए एमाले त्यसलाई स्वागत गर्ने जनाए ।

एमाले प्रवक्ता प्रदीप ज्ञवालीले ताजा जनादेशबाट मात्र देशले निकास पाउने भन्दै चाँडै निर्वाचन भए त्यसलाई एमालेले स्वागत गर्ने बताउँछन् । आफूहरुले पहिलेदेखि नै ताजा जनादेशमा जानुपर्ने प्रस्ताव गर्दै आएकोमा अहिले सत्तारुढ दलले त्यस बिषयमा छलफल गर्नु र इलेक्सनमा जानु सकारात्मक पक्ष रहेको उनले बताए ।

‘यदि सरकारले अर्ली इलेक्सनमा जाने निणर्य गर्छ भने त्यसलाई हामी सकारात्मक रूपमै लिन्छौँ । के गर्नुहुन्छ उहाँहरूको कुरा हो । स्वार्थको गठबन्धन बनाएर देशको हित हुँदैन्’ ज्ञवालीले भने ।

स्वार्थपूण गठबन्धन गरेर देशलाई बन्धक बनाउँन खोजेको बताउँदै उनले प्रतिनिधिसभाको अहिलेको अवस्था हेर्दा अर्ली इलेक्सन आवश्यक रहेको बताए ।

राजनीतिक विश्लेषक भन्छन्- ‘संविधानमा अर्ली इलेक्सनको व्यवस्था नै छैन’

राजनीतिक दलका बीचमा अर्ली इलेक्सनको चर्चा सुरु भएपनि राजनीतिक विश्लेषकहरुले संविधानमा त्यो व्यवस्था नै नभएको बताउँछन् ।

राजनीतिक विश्लेषक कृष्ण पोखरेलले संविधानमा अर्ली इलेक्सनको व्यवस्था नै नभएको बताए । सत्ताबाट च्यूत भएका र पछिल्लो निर्वाचनमा पराजित भएकाहरुले गरेको बहस मात्रै भएको उनले बताए ।

‘अर्ली इलेक्सनको व्यवस्था संविधानमै छैन् । सत्ताबाट च्यूत भएका र पछिल्लो निर्वाचनमा पराजित भएकाहरुले चलाएको यो बहस हो । यसमा मिडियाले पनि केही केही उचालेका छन्’ पोखरेलले भने, ‘सत्ताबाट बाहिरिएको एमाले र पछिल्लो निर्वाचनमा पराजित भएका केही कांग्रेसी नेताले गरेको बहस हो यो । संविधानमै नभएको इलेक्सन सम्भव पनि छैन् ।’

स्थानीय तहको निर्वाचन आउन लागेकाले त्यसको तयारीमा जुटनुपर्ने सरकारले यस्ता बहसको पछाडि लाग्नु ठीक नभएको उनले बताए । अर्ली इलेक्सनको आवश्यत्ता किन भयो भन्ने बारेमा राजनीतिक दलले कुनै ठोस कारण दिन सकेका छैनन् ।

यो संसदले सरकार बनाउने बिकल्प रहेसम्म र सत्तारुढ गठबन्धनबीच कुनै मनमुटाव नभएसम्म अर्ली इलेक्सन हुनसक्दैन् । संविधानअनुसार जुन संसदले सरकारको बिकल्प दिन सक्दैन, त्यस्तो अवस्थामा अर्ली इलेक्सनमा जान सकिने बताउँदै उनले अहिलेको अवस्था हेर्दा त्यस्तो नभएको उनले बताए ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली काँग्रेसले ६ वटा प्रदेशमा प्रथम अधिवेशन सम्पन्न गरेको छ । सोमबार बिहानसम्म प्रदेश १, वागमती, गण्डकी, लुम्बिनी,

काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अर्को कार्यकाल पार्टीको नेतृत्व गर्ने चाहना व्यक्त गरेका छन् । अब देउवासँग भिड्ने को

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निरत्साहित नहुन पराजित भएका उम्मेदवारहरुलाई आग्रह गरेका छन् । एक अपिल जारी

काठमाडौँ ।नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल समूहबाट सभापतिका आकांक्षी ४ नेता छलफलमा जुटेका छन् ।  पौडेल निवास बोहराटारमा सभापतिका आकांक्षी