गुट होइन, विचार, उसको काम हेरेर नेता चयन गर्नूस्: अर्जुननरसिंह केसी

६ कार्तिक २०७८, शनिबार १४:०१ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई सौहार्द बनाउन आग्रह गरेका छन् । उनले कांग्रेसको जारी १४औं महाधिवेशन अन्तर्गत वडा तहदेखि भइरहेको प्रतिस्पर्धालाई हार र जीतको विषय बनाउन कार्यकर्तालाई आग्रह गरेका हुन् ।

शनिबार नुवाकोट कांग्रेस जिल्ला सभापति जगदीश्वर नरसिंह केसीले काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा पूर्वसहमहामन्त्री केसीले गुटगत राजनीतिका आधारमा पार्टीमा नेतृत्व चयन नगर्न सुझाव दिए ।

‘हामी को-कसको मान्छे, को कुन समूहको मान्छेभन्दा पनि व्यक्तिको विचार, उसको काम हेरेर नेता चयन गर्नूस् । मन, बचन र कर्मले कसले पार्टीको संगठन निर्माण र जनताको सेवामा काम गरेको छ, त्यसलाई जिताउनूस्,’ उनले भने, ‘नेता नहेर्नूस्, उसको नीति र जिल्लामा गरेका कामलाई हेर्नूस् । व्यक्ति होइन, उसले समग्र राष्ट्र हीत र विकासमा गरेको योगदानलाई मूल्यांकन गर्नूस् ।’

नुवाकोट जिल्ला सभापति जगदीश्वर नरसिंह केसीले पार्टीको जारी अधिवेशनलाई सफल बनाउन सबै नेता कार्यकर्ताको सहयोगको खाँचो औंल्याए । महाधिवेशनले पार्टीलाई नयाँ नेतृत्वसँगै ऊर्जा दिने उल्लेख गर्दै उनले भने, ‘यो हाम्रा लागि उत्सव हो, सबै एकताबद्ध भएर पार्टीलाई सहि दिशा र कार्यक्रम दिनसक्ने नेतृत्व चयन गरौं ।’

चियापान कार्यक्रममा नुवाकोट जिल्लामा पार्टीको वडा अधिवेशनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधि र पालिकाका नेतृत्वलगायत नेता कार्यकर्ताको उपस्थिति थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली काँग्रेसले ६ वटा प्रदेशमा प्रथम अधिवेशन सम्पन्न गरेको छ । सोमबार बिहानसम्म प्रदेश १, वागमती, गण्डकी, लुम्बिनी,

काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अर्को कार्यकाल पार्टीको नेतृत्व गर्ने चाहना व्यक्त गरेका छन् । अब देउवासँग भिड्ने को

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निरत्साहित नहुन पराजित भएका उम्मेदवारहरुलाई आग्रह गरेका छन् । एक अपिल जारी

काठमाडौँ ।नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल समूहबाट सभापतिका आकांक्षी ४ नेता छलफलमा जुटेका छन् ।  पौडेल निवास बोहराटारमा सभापतिका आकांक्षी