इटाली : राष्ट्रिय ध्वजावाहकको विरोधमा चोकमा युनिफर्म उतारेर प्रदर्शन

६ कार्तिक २०७८, शनिबार १३:५५ मा प्रकाशित

इटालीको नयाँ राष्ट्रिय एयरलाइन्स, आईटीए एयरवेजले गत हप्ता आफ्नो पहिलो उडान भ¥यो । तर, ग्राउन्डमा भने समस्या देखिएको छ । एलइटालियाका पूर्व फ्लाइट एटेन्डेन्टहरूले जागिर गुमाएको र तलब काटेको विरोधमा आफ्नो युनिफर्म उतार्दै विरोध प्रदर्शन गरेका हुन् ।

रोमको क्याम्पिडोगिालोको मुख्य चोकमा करिब ५० जना पूर्व फ्लाइट एटेन्डेन्टहरू एलइटालियाको युनिफर्ममा भेला भएर त्यसलाई उतारेर भित्री वस्त्रमा उभिएर प्रदर्शन गरेका थिए । जागिर गुमाएको मात्र होइन, आईटीए एयरवेजमा पुनः अनुबन्ध गरिएकाहरूलाई दिइएको करारको पनि उनीहरूले विरोध गरेका थिए । जागिरमा फर्किएकाहरूलाई पनि राम्रो सेवा सुविधा नदिइएको ट्रेड युनियनको आरोप रहेको छ ।

आईटीएका अध्यक्ष अल्फ्रेडो अल्टाभिल्लाले हडतालको चेतावनी ‘राष्ट्रिय लज्जाको विषय’ हुने बताएका छन् । उनले कर्मचारीहरूले हालको कामको वातावरणमा काम गर्न तयार भएको जिकिर गर्दै करारका लागि गरिएको बार्गेनिङको औचित्य समाप्त भइसकेको बताए ।

एलइटालियाका १० हजार ५०० कर्मचारीमध्ये आईटीएले मात्र २८ सय जनालाई पुनः अनुबन्ध गरेको छ । त्यस्तै, एलइटालियाका ११० विमानमध्ये आईटीएले ५२ वटालाई लिएको रोयटर्सले जनाएको छ ।

सीएनएन

प्रतिक्रिया
सम्बन्धित खवर

लिस्बोन । पोर्चुगलमा संसद विघटन गर्दै अग्रिम निर्वाचनको घोषणा गरिएको छ । राष्ट्रपति मर्केलो रिबेलो डि सौसाले आइतबार संसद विघटन

काठमाडौं । भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जी नेपाली कांग्रेसको महाधिवेशनमा सहभागी हुन आगामी शनिबार काठमाडौं आउने भएकी छिन् ।

बान्जुल, गाम्बिया । गाम्बियाको राष्ट्रपति चुनावमा आदामा ब्यारोेले दोस्रो कार्यकालमा सहजै जित हासिल गरेका छन् । आइतवार ढिलो नतिजा घोषणा

वर्माकी नेतृ आङ सान सुकीलाई चार वर्ष जेल सजाँय ताेकिएकाे छ । म्यानमारकाे सैनिक सरकारले नेतृ सूचीलाई साेमबार चार वर्ष