मेलम्ची खानेपानीको ठेक्का रद्द, काठमाडौं काकाकुल ने रहने

१० आश्विन २०६९, बुधबार ०७:५७ मा प्रकाशित

काठमाडौं, १० असोज । मेलम्चीको पानी आउने काठमाडौवासीको आशा अधुरै रहने भएको छ। सरकारले मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्नेलगायत भौतिक पूर्वाधार निर्माणसम्बन्धी चिनियाँ कम्पनीसँगको ठेक्का सम्झौता मंगलबार रद्द गरेपछि यस्तो अवस्था उत्पन्न भएको हो ।
सरकार र चाइना रेल्वे १५ ब्युरो कर्पोरेसन, चाइना सिएमआई इन्जिनियरिङ कर्पोरेसनबीच २००९ फेब्रुअरी १९ मा भएको ठेक्का सम्झौताअनुसार निर्माणको काम सम्पन्न भएको भए २०१४ भित्र मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं आउने थियो। तर दुई साताअघि विभिन्न कारण देखाउँदै एकतर्फी ठेक्का छाड्ने पत्र लेखेको चाइना १५ रेल्वे ब्युरो कर्पोरेसन को आग्रह स्विकार्दै सरकारले ठेक्का तोड्ने निर्णय लिएको हो। ठेक्का तोडिएपछि काकाकुल राजधानीमा मेलम्चीको पानी ल्याएर खानेपानी अभाव पूरा गर्ने सपना थप अनिश्चित बनेको छ। एकप्रकारले अब तोकिएको समयमा मेलम्चीको पानी काठमाडौं आउने सम्भावना पूर्ण रुपमा टरेको छ।
प्रधानमन्त्री बाबुराम भट्टराईसँग सल्लाहपछि ठेक्का रद्द गर्ने निर्णय लिइउको मेलम्ची आयोजनाका एक उच्च् अधिकारीले जनाए ।

विभिन्न निहुँ झिकेर ठेक्का छाड्न खोजेको भन्दै सरकारले ठेकेदार कम्पनीसँग क्षतिपूर्ति असुल्ने भएको छ। आयोजनाका अनुसार कम्पनीले बैंक अफ काठमान्डूमा राखेको ६२ लाख डलर र १४ लाख युरोको दुइटा छुट्टाछुट्टै बैंक ग्यारेन्टी र हिमालयन बैंकमा रहेको ६६ लाख डलरबराबरको बैंक ग्यारेन्टी जफत गर्न सरकारले प्रक्रिया अघि बढाइसकेको छ। उता, ठेकेदार कम्पनीले समयमा पैसा उपलब्ध नगराएको, कामदार र परामर्शदाताले असहयोग गरेको, पटकपटक हुने बन्दहडतालले काम प्रभावित बनाएको भन्दै ठेकेदार कम्पनीले सरकारलाई पत्र लेख्दै सम्झौता तोडेको एकतर्फी जनाउ दिएको थियो। सन् २००९ मा भएको सम्झौताअनुसार उक्त कम्पनीले पाँच वर्षभित्र मेलम्चीको रिबर्मादेखि काठमाडौंको सुन्दरीजलसम्म २६ दशमलब ५ किमि सुरुङ खन्नुपर्ने थियो। तर अहिलेसम्म साढे छ किमिमात्र खनिएको छ, त्यो पनि फिनिसिङ गर्न बाँकी छ। पूर्वसम्झौताअनुसार सन् १०१३ डिसेम्बरसम्म कम्पनीले सुरुङ खन्ने सबै काम पूरा गर्नुपर्थ्यो। मेलम्चीको सुरुङ खन्न सक्ने निर्माण कम्पनी नेपालमा नभएकाले अब अन्तर्राष्ट्रिय टेन्डर गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

गएराति आएको हुरीबतासले धनमालको क्षति भएको छ । प्रारम्भिक सूचनानुसार जिल्लामा ५० घरको छाना उडाएको जानकारी रेडक्रसले जनाएको छ ।

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९०० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । फेला परेकोमा काठमाडौँ उपत्यकामा

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोइरालालाई बेपत्ता भएको १९ वर्षपछि घर फर्काइएको छ । नेपालगञ्जमा भेटिनुभएका विज्ञानलाई

काठमाडौँ । कर्णाली प्रदेश सरकारमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गर्ने नेकपा एमाले (नेपाल-खनाल पक्ष) का चार जना सांसदहरूलाई कारबाही