यी हुन् हुनेवाला ‘मिस युनिभर्स नेपाल २०२१’ सुन्दरी

६ कार्तिक २०७८, शनिबार ०९:०८ मा प्रकाशित

काठमाडौंँ । ‘मिस युनिभर्स नेपाल २०२१’ मा १६ प्रतियोगी भिड्ने भएका छन् ।

आयोजक उमङ्ग क्रियसनले बिहिबार साँझ दरबारमार्ग स्थित होटल याक एण्ड यतिमा ग्राण्ड फिनालेको प्रेस प्रिजेन्टेसन कार्यक्रमको आयोजना गर्दै प्रतियोगी सार्वजनिक गरेको हो ।

कार्यक्रममा १६ जना नै प्रतियोगीले रेड कार्पेटमा र्याम्पवाक गर्दै मिडिया तथा उपस्थित दर्शक माझ आफ्नो परिचय र भबिश्यको उदेश्य राखेका थिए ।

याक एण्ड यतिको लाल दरबार कन्भेन्सन सेन्टरमा आयोजना भएको कार्यक्रममा १६ जाना प्रतियोगीले शिक्षा, महिनावारी, डेन्टल, महिला शशक्तिकरण, मानसिक स्वास्थ्य, बालबालिकको शिक्षा लगायत बिभिन्न सामाजिक मुद्दाका बिषयमा बनाइएको २ देखि ३ मिनेट अवधिको भिडियो समेत प्रस्तुत गरियो ।

प्रतियोगीतामा १६ बाट अव शिर्ष १० छानिनेछन् । छनौटका लागि ५० प्रतिशत अंक प्रतियोगीले बनाएको भिडियो र ५० प्रतिसत आईएमई एपमा प्रतियोगीलाई प्राप्त भोटिङ हुनेछ ।

सोही एपबाट मिस ‘युनिभर्स नेपाल २०२१’को पिपुल्स चोइसमा भोटिङ गर्न सकिने र प्रतियोगीताको ग्राण्ड फिनालेको भिआईपी टिकट समेत प्राप्त गर्न सकिने आयोजकले कार्यक्रममा जानकारी दियो ।

प्रतियोगीताको ग्राण्ड फिनाले यहि अक्टोबर ३० अर्थात १३ कात्र्तिक शनिबार आयोजना हुनेछ । प्रतियोगीताको शिर्ष विजेताले १२ डिसेम्बरमा इजायलमा आयोजना हुने ‘मिस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

‘मिस युनिभर्स’ का लागि उमङ्ग क्रियसनले गतबर्षबाट प्रतियोगी पठाउन थालेको हो । गतबर्ष ‘मिस युनिर्भस’मा नेपालको प्रतिनिधित्व ‘मिस युनिभर्स नेपाल २०२०’ की बिजेता अंशिका शर्माले गरेकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

एजेन्सी । बलिउड अभिनेता ज्याकी श्रफकी छोरी कृष्णा श्रफ आफ्नो बोल्डनेशका कारण प्राय चर्चामा आईरहन्छिन् ।फिल्मी तथा ग्ल्यामरस क्षेत्रबाट दुरी बनाएकी

काठमाडौं । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई भारत छोड्न प्रतिबन्ध लगाइएको छ । उनलाई आइतबार मुम्बई विमानस्थलमा रोकिएको हो । उनी

निया शर्मा एक अभिनेत्री हुन् जसको चर्चा अभिनय वा मोडलिङभन्दा सामाजिक सञ्जालमा गरिएको पोष्टको कारण निकै चर्चित हुने गरेकी छिन्

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनी आफ्ना हट तथा बोल्ड तस्विरहरुबाट इन्टरनेटमा अक्सर सनसनी मच्चाइरहेकी