सामान्य गृहणी निस्किन् लागूऔषध तस्करीकी नाइके

१० आश्विन २०६९, बुधबार ०७:२९ मा प्रकाशित

काठमाडौ, १० असोज । लागू औषध नियन्त्रण कानुन कार्यान्वयन इकाइले लामो समयदेखि खोजिरहेको देउराली ९, नुवाकोटकी कालिमाया तामाङ पक्राउ परेकी छिन् । रिता उपनाम रहेकी उनी सामान्य गृहिणीका रूपमा समाजमा चिनिएकी थिइन् तर उनी एक लागूपदार्थ तस्करीकी नाइके हुन् भन्ने थिाहा पाउंदा उनलाई चिन्नेहरु र आफन्तजनसमेत छक्क परेका छन् । उनीसहित अन्य ५ लाई ५० लाख मूल्यबराबरको ५ सय ३० ग्राम खैरो हिरोइनसहित हालै नयाँ बसपार्कबाट पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार पक्राउमध्ये वीरगन्जका महेशप्रसाद कुर्मी र जियालाल सहनीले भारतबाट लागूऔषध आयात गर्दथे भने तामाङको काम त्यसलाई राजधानीका खुद्रा विक्रेतालाई वितरण गर्नुथियो । अन्य पक्राउ पर्नेमा धादिङकै एथापा तामाङ, जयराम तामाङ र रमेश भन्ने बै लामा तामाङ छन् । यसैगरी बारा निजगढ(७ का २९ वर्षीय चन्द्रबहादुर न्यौपानेलाई खैरो हेरोइन ८० ग्रामसहित कलंकी चोकबाट यही भदौ २९ मा इकाइकै टोलीले पक्राउ गरेको छ । सिराहा बडहरामाला ६का ५० वर्षीय सहज दास पनि खैरो हेरोइन ५० ग्रामसहित कालिमाटीबाट गत साता पक्राउ परे ।

राजधानीमा मेडिकल ड्रगको विगविगी कायमै छ । विराटनगर उपमहानगरपालिका २० का ४२ वर्षीय गोपालप्रसाद गुप्ता डाइजेपाम एम्पुल २ हजार पिस, बुप्रेनफिर्न एम्पुल २ हजार पिससहित थापाथलीबाट गत साता पक्राउ परे । त्यसअघि प्रहरीले धनुषा वंङगाडावर २ का गणेशकुमार लामा र धादिङ दार्खा ६ का सुनिलकुमार तामाङलाई डाईजेपाम एम्पुल १ हजार २ सय पिस, बुप्रेनफिर्न एम्पुल १ हजार २ सय पिससहित कोटेश्वरबाट भदौ ३० मा पक्राउ गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको

काठमाडौं । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन् । जवर्जस्ती करणी उद्योग मुद्दामा अदालतले सफाइ दिएको हो