विश्वमा आजः पेलेको जन्मदेखि जाँ पाल सात्रद्वारा नोबेल पुरस्कार अस्विकार

६ कार्तिक २०७८, शनिबार ०७:५५ मा प्रकाशित

काठमाडाैँ । आज २३ अक्टोबर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटना विकसित भएका थिए । प्रस्तुत छ आज भएका केही घटनाः

चेचेन बिद्रोहीद्वारा १७० बिद्रोही बन्धक
मोभासर बारेभले नेतृत्व गरेको करिब ५० चेचेन बिद्रोहीको समूहले सन् २००२ का मस्कोस्थित एक नाट्यशाला कब्जा गरी ८५० जनालाई बन्धक बनाएका थिए । विद्रोहीले सर्वसाधरणलाई तीन दिनसम्म बन्धक बनाएका थिए । बन्धक बनाइएका व्यक्तिलाई रिहा गर्ने क्रममा प्रहरी र विद्रोहीबीचको गोली हानाहानमा १७० जनाको मृत्यु भएको थियो ।

बेरुत बम हमला
सन् १९८३ मा लेबनानको गृहयुद्धमा अमेरिका र फ्रान्सको ब्यारेकअगडि भएका दुई ओटा बम बिस्फोटमा ३०० फ्रान्सेली र अमेरिकी सेनाको मृत्यु भएको थियो । जिहादी समूहले सो बिस्फोटको जिम्मा लिएको थियो ।

जाँ पाल सात्रद्वारा नोबेल पुरस्कार अस्विकार
सन् १९६४ मा फ्रान्सका प्रसिद्ध दार्शनिक तथा साहित्यकार जाँ पाल सात्रले आफूलाई प्रदान गरेको साहित्यतर्फको नोबेल पुरस्कार अस्वीकार गरेका थिए ।

फुटबल बादशाह पेलेको जन्म
आजकै दिन अर्थात २३ अक्टोबर १९४० मा ब्राजिलका फुटबल बादशाह पेलेको जन्म भएको थियो । ८० वर्षीय पेलेको वास्तविक नाम इडसन आरेन्टेस डो नासिमेन्टो हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेका नयाँ वरीयतामा नेपाल यथावत स्थानमा रहेको छ । आइसिसीले सोमबार सार्वजनिक गरेको

लिस्बोन । पोर्चुगलमा संसद विघटन गर्दै अग्रिम निर्वाचनको घोषणा गरिएको छ । राष्ट्रपति मर्केलो रिबेलो डि सौसाले आइतबार संसद विघटन

काठमाडौं । भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जी नेपाली कांग्रेसको महाधिवेशनमा सहभागी हुन आगामी शनिबार काठमाडौं आउने भएकी छिन् ।

काठमाडौं । मयंक अग्रवालको उत्कृष्ट इनिङसँगै न्युजिल्याण्डविरुद्धको दोस्रो टेष्टमा घरेलु टोली भारतले प्रभावशाली जित निकालेको छ । मुम्बईमा सोमबार सम्पन्न