श्रीलंका समूह बिजेता बन्दै सुपर १२ मा

६ कार्तिक २०७८, शनिबार ०७:५४ मा प्रकाशित

काठमाडौं । नेदरल्यान्ड्सलाई ८ विकेटले पराजित गर्दै श्रीलंका आईसीसी टी-२० विश्वकप अन्तर्गत समूह ‘ए’ को विजेता बन्दै सुपर १२ मा पुगेको छ ।

जितका लागि ४५ रनको सामान्य लक्ष्य पछ्याएको श्रीलंकाले ७ ओभर १ बलमा २ विकेटको क्षतिमा पूरा गरेकाे हाे । श्रीलंका कुशल परेरा ३३ रनमा अविजित रहे ।

त्यसअघि शारजाह क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्स १० ओभरमा ४४ रनमा अल आउट भएको थियो । नेदरल्यान्ड्सका कोलिन एक्रमनले सर्वाधिक ११ रन बनाए । श्रीलंका स्पिनर वानिन्दु हसरंगा र लाहिरु कुमाराले समान ३ विकेट लिए ।

समूह ‘ए’ बाट श्रीलंका ३ खेलमा ३ मानै जित सहित ६ अंकका साथ शीर्ष स्थानमा रह्यो । नामिबिया ३ खेलमा २ मा जित र १ मा हार सहित ४ अंकका साथ सुपर १२ मा स्थान पक्का गरेकाे हाे ।

आयरल्यान्ड ३ खेलमा २ मा हार र १ मा जित सहित तेस्रो र नेदरल्यान्ड्स ३ खेलमा ३ मानै हारका साथ अंक बिहिन हुँदै बाहिरिए । सुपर १२ को समूह ए मा अष्ट्रेलिया, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज, समूह बी को उपविजेता बंगलादेश र समूह ए को विजेता श्रीलंका छन् ।

सुपर १२ को समूह बी मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, पहिलो चरणको समूह बी को विजेता स्कटल्यान्ड र समूह ए को उपविजेता नामिबिया छन् ।

सुपर १२ बाट दुवै समूहका शीर्ष दुई दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । शनिबार सुपर १२ समूह ए का खेल हुनेछन् ।

शनिबार पहिलो खेलमा अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा इंग्ल्यान्ड र वेस्टइन्डिज खेल्नेछन् । आइतबार सुपर १२ को समूह बी का खेलहरु हुनेछन् । पहिलो खेलमा श्रीलंका र बंगलादेश तथा दोस्रो खेलमा पाकिस्तान र भारतबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेका नयाँ वरीयतामा नेपाल यथावत स्थानमा रहेको छ । आइसिसीले सोमबार सार्वजनिक गरेको

काठमाडौं । मयंक अग्रवालको उत्कृष्ट इनिङसँगै न्युजिल्याण्डविरुद्धको दोस्रो टेष्टमा घरेलु टोली भारतले प्रभावशाली जित निकालेको छ । मुम्बईमा सोमबार सम्पन्न

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले यू-१९ पुरुष टिमको प्रशिक्षणमा २० खेलाडी बोलाएको छ । क्यानले एसीसी यू–१९ पुरुष

काठमाडौं । कप्तान भरत खवासको निर्णायक गोलमा त्रिभुवन आर्मी फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित निकालेको छ