कामगर्न नगएकोभन्दै श्रीमतिको हत्या

६ चैत्र २०६८, सोमबार ११:१८ मा प्रकाशित

सिन्धुपाल्चोक, ६ चैत । परिवारको अन्य सदस्य सरह काम गर्न खेतबारीमा नगएको भन्दै सिन्धुपाल्चोक जिल्लाको सिपापोखरे गाविसमा आफ्नै श्रीमान्ले सुत्केरी श्रीमतीको हत्या गरेका छन् । गत शनिबार श्रीमतीको हत्यापछि पक्राउ परेका सुदीप भट्टराइले प्रहरी बयानमा श्रीमतीको हत्या आफूले गरेको स्वीकार गरेका हुन् । सुदीपले श्रीमती शर्मिला भट्टराइको हत्या रिसको झोकमा गरेको बताएका छन् । काम गर्न जान नसक्ने भएपछि आफूले शुक्रबार बेलुकी पनि श्रीमतीलाई कुटपिट गरेको उनले स्वीकारेका छन् । बुइगलमा पटुका फुकालेर हात्महत्या गर्न खोज्दा सुदिपले नाइलनको डोरीले घाँटी कसिदिएको प्रहरीसँग बयान दिएका हुन् । प्रहरीले लिएको प्रारम्भीक बयानमा सुदीप एक्लैले मात्र हत्या नगरेको पाइएको प्रहरी निरीक्षक राजभण्डारीले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पछिल्लो २४ घण्टामा ३,८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,८८६ पीसीआर

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका

काठमाडौं । सरकारले विभिन्न देशबाट कोरोनाविरुद्धको खोप आयातलाई तिब्रता दिएको छ । तर सरकारले खोप अभियानलाई व्यवस्थित गर्न नसक्दा नागरिक

काठमाडौं । नेपालले अमेरिकासँग कोरोनाविरुद्धको थप खोप सहायताका निम्ति अनुरोध गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री