माओवादीलाई अंकुश लगाउन खोजेकै हुं – माधव नेपाल

१० आश्विन २०६९, बुधबार ०७:१५ मा प्रकाशित

० नेपाली राजनीतिमा सुखद परिस्थिति निर्माण हुनै सकेन नि किन होला ?

– माओवादी गैरजिम्मेवार भएकोले हाम्रो मुलुकको राजनीति सुखद बन्न नसकेको हो । उसलाई जिम्मेवार बनाउने प्रयत्न हामी गरिरहेका छौं । विडम्वना के छ भने माओवादी अगाडि बढ्छ तर फेरि पछि हट्छ, सुस्त गतिले अगाडि बढ्छ फेरि उही ठाउंमा फर्कन्छ, अघि बढेजस्तो देखिए पनि कतिबेला पर्लक्क पछाडि फर्कन्छ टुंगै हुंदैन ।
० किन यस्तो अस्थीर बनेको होला त माओवादी, के लाग्छ तपाईंलाई ?
– माओवादीका दिमागमा एउटा कुरा छ, त्यो के भने– ‘जसरी पनि सत्ता कब्जा गर्नुपर्छ π’ माओवादीका लागि सत्ता, शक्ति र पैसा नै सबैथोक हो । ध्वंश–विध्वंश, जबर्जस्ती चन्दा संकलन, अपराध आदि उसको दैनन्दिनी बनेको छ । यस्तो छ माओवादीको नयां नेपाल बनाउने तौरतरिका । दुनियांलाई ढांटढुंट गरेर पन्छाउन सकिन्छ भन्ने गलत सोच माओवादीको दिमागमा भरिएको छ । यसैले उसलाई चञ्चल बनाएको छ । यसबाट एमाओवादीलाई तत्कालका लागि लाभ त भएको होला तर उसको प्रतिष्ठा ठूलो मात्रामा गुमिरहेको छ । यति हुंदा पनि उसलाई यथार्थ बोध भने भइरहेको छैन, अचम्मलाग्दो कुराचाहि“ यही छ ।
० उसलाई यसो गर्न छुट दिएर गल्ती त तपाईंहरुले नै गर्नुभएको हो नि, होइन र ?
– मैले त आफ्नो समयमा माओवादीलाई अंकुश नै लगाएको हो । तह लगाउन खोजेकै हुं मैले । लडाकूको नाममा पैसा कुम्ल्याउन नदिनका लागि लडाकूले पाउने रकम व्यक्ति–व्यक्तिको हातमा दिलाउने कोसिस पनि मैले गरेकै हुं । तर, जालझेल गर्न खोज्नेले हजार चाल चल्दारहेछन् ।
० तपाईंले सरक्क प्रधानमन्त्रीको कुर्सी छोडिदिएर पनि यस्तो अवस्था निम्तिएको हो कि ? त्यस हिसाबमा त दोषी तपाईं पनि होइन र ?
– एक हिसाबले माओवादीका लागि प्रधानमन्त्री बन्ने अवसरको ढोका खोलिदिएर मैले गल्ती नै गरेको दोष लगाउन पनि मिल्ला, तर त्यसलाई राजनीति सप्रिएर जान्छ कि भनी मैले गरेको त्यागका रुपमा पनि त हेर्न सकिन्छ नि । आ–आफ्नो नजरियाको कुरा हो । कुर्सीको उद्देश्य भनेको नेपाल राष्ट्रको रुपान्तरणको लागि केही गर्नका लागि हो, पदको जिम्मेवारी लिनुको अर्थ मैले बुझेको त देशलाई सकारात्मक दिशामा अगाडि बढाएर लैजानका लागि हो । विभिन्न अवरोधहरु तेस्र्याइएपछि, मेरो आफ्नै दलको संसदीय बोर्डतिरबाट समेत असहयोग महसुस गरेपछि पदमा टाक्सिएर रहनुको कुनै अर्थ नरहने बुझेर मैले छोडिदिएको हुं । मैले पूर्ण सहयोग पाएको भए अहिलेसम्म मुलुकको स्थिति धेरै राम्रो भइसकेको हुने थियो ।
० पहिलेको कुरा छोडेर अहिलेको कुरा गरौं, तपाईंहरुले आवश्यक ठानेको ‘सहमतिको सरकार’को प्रधानमन्त्रीका लागि यत्रो विवाद किन चलिरहेको होला ?
– अहिलेको लागि प्रधानमन्त्री पदलाई त्यस्तो ठूलो विवादको विषय बनाउनु हुंदैन भन्ने मलाई लाग्छ । अहिले त चुनाव सम्पन्न गर्ने मूल कार्यका लागि सरकार गठन गर्ने हो । यस्तो अवस्थामा दाबी ज–जसले गरे पनि नेपाली कांग्रेसलाई दिने सहमति हिजो भएकोले त्यसैअनुसार हुन्छ र हुनुपर्छ भन्ने हाम्रो भनाई हो । तर, माओवादीकै तर्फबाट समस्या उत्पन्न हुन्छ जस्तो कताकता लागिरहेको छ मलाई त । एमाओवादीले धेरै समयसम्म यस्तै अनेक बखेडा र विवाद खडा गरी लम्ब्याएर लैजान्छ कि भन्ने लाग्छ मलाई । तर, मेरो अनुभूति गलत भइदेओस्, एमाओवादी सप्रिएको अवस्थामा देख्न पाइयोस् ।
० भनेपछि एमाओवादीले सत्ता छोड्दैन अब ?
– त्यस्तो लाग्छ, तर भन्न सकिंदैन कहिलेकाहीं र राणनीतिअन्तर्गत नै सत्ता छोडर देखाइटोपल्न पनि सक्छ । अनेक नौटंकी गर्न जानेको छ एमाओवादी नेतृत्वले, त्यसैले यस्तै होला भनी किटेर भन्न सकिने अवस्था पनि छैन ।
० प्रचण्ड आफैं फेरि प्रधानमन्त्री बन्न इच्छुक हुनुहुन्छ, भित्रभित्रै त्यसका लागि कसरत गरिरहनुभएको छ भन्ने चर्चा पनि सुनिन्छ, तपाईंलाई त्यस्तो लाग्छ ?
– प्रचण्डजीले इच्छा नै गर्नुभएको छैन होला अथवा चाहना राख्नै मिल्दैन भनेर त मैले कसरी भन्नु ? तर मैले उहांसंग भन्दैआएको छु कि हामी पूर्वप्रधानमन्त्रीहरुले अहिलेको अवस्थामा प्रधानमन्त्रीको चाहना नगरौ“ । प्रचण्ड, झलनाथ, माधव नेपाल, हामी कोही पनि प्रधानमन्त्री बन्ने कसरत नगरौ“, अरुकै लागि सहमति जुटाउन लागि परौ“ ।
० राजनीति गर्नेहरु प्रधानमन्त्री पद हत्याउन कति मरिहत्ते गर्छन्, तपाईं भने यस्तो कुरा गर्नुहुन्छ, किन ?
– जसरी पनि आफ्नो मात्र हित गरौं, देश भड्खालोमा गए जाओस् भन्ने सोच राख्नेहरुले मात्रै हो यस्तो जटिल परिस्थितिमा पनि आफैं जसरी पनि प्रधानमन्त्री बनू“ भनेर मरिहत्ते गर्ने π
० कांग्रेसको नेतृत्वमा सरकार बन्न नसक्ने देखेर मात्र तपाईंले कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने कुरा गर्नुभएको पनि भन्छन् नि, हो ?
– कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउंछौ भनी दावा गरिरहेको छ, पालोको कुरा गर्ने हो भने पनि उसैको हो । बैशाख ५ गते भएको पा“चबु“दे सहमतिमा पनि यो एललेख भएकै हो । यी सब कुरामाथि विचार गरेर नै हामीले उसको नेतृत्वमा सरकार बन्न सघाउने कुरा गरिरहेका हौं । अब नेपाली कांग्रेस आफै विवादमा परेर अगाडि बढ्न सकेन भने त विचार गर्नैपर्ने हुन्छ ।
० यतिखेरको राजनीतिको चुरो के हो ? वास्तविकता के हो, बुझाइदिनुहोस न ?
– पहिलो कुरो त सरकारको नेतृत्व कसले लिने भन्ने टुंगो लगाउनु नै यतिखेरको प्रमुख राजनीतिक सवाल बनेको छ । जसले नेतृत्वको जिम्मेवारी लिन्छ उसले आगामी बैशाखसम्ममा निर्वाचन गरेर देखाउनै पर्छ, उसको नालायकीका कारण यदि चुनाव हुन सक्दैन भने उसले तत्काल कुर्सी छोड्नुपर्छ र अर्को पार्टीको नयां व्यक्तिको नेतृत्वमा सरकार बनाउनु पर्छ । यससम्बन्धी सहमति अहिले नै भएमा कतै बाबुराम भट्टराईलेजस्तै जबर्जस्ती घिस्रिएर कुर्ची नछोड्ने पो हो कि भन्ने आशंका रहंदैन । दोस्रो कुराचाहिं संविधानको विषय पनि अहिलेको राजनीतिक चुरो हो । पहिले नै संविधानका विषयहरु टुंग्याइनु पर्छ भनी एमाओवादीले भनिरहेकै हो भने यो उसको बखेडावाजी र निहुं खोज्ने कुरा मात्रै हो ।
० प्रचण्डजीले त माधवकुमारजीकै कारण संविधानको कुरा नमिलेको हो भनेर पनि बोल्नुभएको छ नि ठाउंठाउंमा ?
– प्रचण्डजीको कुरा के गर्नु ? उहांको बोलीको पनि कुनै ठेगान छ र ? ‘जेठ २ गते भएको ११ बुंदे सहमतिको बारेमा मैले आफ्नो पार्टीलाई मनाउन सकिनं, मधेसी दलहरुलाई पनि मनाउन सकिएन, यसैले गर्दा संविधान बनाउन सकिएन’ भनेर खुद प्रचण्डजीले हामीहरुसंग भन्नुभएको थियो । पटक–पटक कुरा फेर्ने मामलामा प्रचण्डजी उस्ताद नै हुनुहुन्छ, अनि के भन्ने ?
० यतिबेला आएर दोस्रोपटक संविधानसभाको निर्वाचनको कुरा जो गरिन थालिएको छ, यो कति औचित्यपूर्ण या सामयिक छ ?
– पटक–पटक संविधानसभाको चुनाव गर्दै जाने कुरा उपयुक्त होइन । तर, अलिकता नमिलेको कुराको निम्ति अलिकता कोसिस गरौं न त भन्ने मात्रै हो । तर अलिकता कोसिस गर्ने नाममा वर्षौं लगाउन त अब किमार्थ पाइन्न । मेरो व्यक्तिगत सोचको कुरा गर्नुहुन्छ भने त तीन महिनाभन्दा बढ्ता समय नै अब दिनु हुंदैन । धेरैको आग्रह छ भने ६ महिनासम्म गर्न सकिएला । फेरि पनि संविधानसभाको म्याद चार–पांच वर्ष बनाउनु पर्छ भन्नेहरु कोही छन् भने नेपाललाई डुबाउन खोज्नेहरु तिनै हुन् भनी बुझ्नुपर्ने हुन्छ । मेरो व्यक्तिगत राय सुन्नुहुन्छ भने अबको चुनाव भनेको संविधानसभा र संसद दुबैको लागि हुनुपर्छ र बढीमा ६ महिना मात्र संविधानसभाको रुपमा काम गरेर बांकी अवधि संसदको रुपमा क्रियाशील रहनु पर्छ । तर, यस विषयमा अरु सबै दलहरुसंग परामर्श गरिनुपर्छ । आमसहमति नभई त अघि बढ्नै सकिन्न अब ।
० फेरि ६ महिनामा पनि संविधान नआएचाहिं के गर्नुपर्ला नि ?
– त्यो अवस्थामा त जनमत संग्रहमा जानुपर्छ ।
० अब संविधानसभा सदस्यको संख्या कति बनाउनु उचित ठान्नुहुन्छ तपाईं ?
– एकजना मधेसी नेताले त फेरि पनि ६०१ नै बनाउनु पर्ने कुरा गरेको पनि सुनियो, तर त्यो संख्या भनेको बदनाम भइसकेको संख्या हो । अब त्यस्तो भारी भरकम संख्या त राख्नै हुंदैन । मेरो विचारमा त १ सय ७१ – १ सय ४० को संख्या उचित हुन सक्छ ।
० एउटा फरक प्रसंग, तपाईंहरु सरकार नालायक भयो भनिरहनुभएको छ तर शान्तिप्रक्रिया त बाबुराम भट्टराईकै नेतृत्वमा सम्पन्न भयो नि होइन ?
– केको बाबुराम भट्टराईजीले शान्तिप्रक्रिया सम्पन्न गर्नु ? सेना समायोजनको कुरा गरेको होला, त्यो बाबुरामजीको बुताले भएको होइन । परिस्थितिजन्य वाध्यताका कारण प्रचण्डजीको निर्णयबाट यो काम भएको हो । रक्तपात निम्तने अवस्था आयो भनेर प्रचण्डको पनि सातो गयो र रातारात नेपाली सेनाको जिम्मा लगाइएको हो । यसमा बाबुराम भट्टराईको कुनै भूमिका छैन, उहांको औकात नै थिएन ।
० बाबुराम भट्टराई व्यक्तिगत रुपमा कस्ता मानिस हुन् भन्ने लाग्छ तपाईंलाई ?
– मलाई त लाग्थ्यो पढे–लेखेका व्यक्ति भनी कहलिएका, पैसा–सैसातिर पनि मोह नराख्ने, भिजन भएका व्यक्ति होलान्, देशका लागि केही गर्लान् π तर, केही भिजन–सिजन नभएका बेकारका व्यक्ति पो रहेछन् भट्टराईजी त । दोहोरो चरित्रका व्यक्ति हुनुहुंदोरहेछ उहां ।

प्रतिक्रिया
सम्बन्धित खवर

आगामी सङ्‍घीय र प्रदेश संसद्को निर्वाचनमा पाँच दलीय गठबन्धनबीच तालमेल हुनेमा शंका उत्पन्‍न हुनेगरी शीर्ष नेताहरूले नै अभिव्यक्ति दिइरहेका छन् । स्थानीय

हालै सम्पन्न स्थानीय तह निर्वाचनमा ७५३ मध्ये सबैभन्दा बढी चर्चामा रहेको भरतपुर महानगरपालिकामा अन्ततः गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रबाट प्रमुखको

वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धनबाट नेकपा(एकीकृत समाजवादी)का धनराज आचार्य निर्वाचित हुनुभयो ।

काठमाडौं । पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले मुलुकमा विकास निर्माण लक्षित कामलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएकी

आजको प्रमुख समाचार