प्रचण्डले देखाए सक्कली रूप, प्रतिपक्षविरुद्ध सत्तापक्ष नै सडकमा

१० आश्विन २०६९, बुधबार ०७:१३ मा प्रकाशित

जयप्रकाश त्रिपाठी, काठमाडौं, १० असोज । देशले राजनीतिक दलहरूबीच सहमति खोजिरहे पनि तत्काल त्यसको सम्भावना टाढिएको छ । बरु दलहरूबीच धु्रवीकरणको प्रक्रिया सुरु भएको छ र यो धु्रवीकरणले गति लिएमा मुलुक थप द्वन्द्व चर्किने सम्भावना बढाएको छ । एमाओवादी र मधेसी मोर्चाको सरकारले विपक्षीहरूविरुद्ध सडक संघर्षमा उत्रने कार्यक्रम बनाएपछि प्रतिपक्षीहरू पनि संघर्षको मैदानमा उत्रन बाध्य भएका छन् । प्रतिपक्षीले वर्तमान सरकारलाई राष्ट्रघाती र भ्रष्टाचारीको संज्ञा दिंदै राष्ट्रवादी र प्रजातन्त्रवादीहरूलाई एकत्रित गर्ने गृहकार्य सुरु गरेको छ । धु्रवीकरण तीव्र भएमा राष्ट्रघातीहरूको नेतृत्व प्रचण्ड, बाबुराम भट्टराई र विजयकुमार गच्छदारले गर्ने र राष्ट्रवादी तथा प्रजातन्त्रवादीहरूको नेतृत्व नेपाली कांगे्रस, नेकपा एमाले र नेकपा–माओवादीलगायतका दलहरूले लिने देखिएको छ । राष्ट्रवादी र राष्ट्रघाती भनिनेहरूबीचको लडाइंमा जसले विजय प्राप्त गरे पनि जनता र देशले भने अब थप संकटको सामना गर्नुपर्ने अवस्था आएको छ ।
कांगे्रस नेताहरूलाई प्रधानमन्त्री बनाइदिने प्रलोभन दिंदै आफ्नो काम पट्याउंदै आएका एमाओवादी अध्यक्ष प्रचण्डले अन्ततः आफ्नो सक्कली अनुहार देखाएका छन् । कांगे्रसका तात्कालिक सभापति गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाइदिने सपना देखाएर गणतन्त्र घोषणा गराउन सफल प्रचण्डले आफ्नो एकदलीय अधिनायकवाद स्थापनाको लक्ष्य हासिल गर्न विभिन्न समयमा विभिन्न नेता तथा जातीय र क्षेत्रीय समुदायलाई आवश्यकताअनुरूप उपयोग, प्रयोग र परिचालन गर्दैै आएका छन् । पछिल्लो समयमा उनले संविधानसभाको पुनस्र्थापनालाई मुख्य गन्तव्य बनाएर त्यसमा सहमत भए कांगे्रस नेतृत्वमा सरकार गठन गर्न सकिने सार्वजनिक अभिव्यक्ति दिंदै आएका थिए । यसक्रममा प्रचण्डले सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल र केन्द्रीय सदस्य शेरबहादुर देउवालाई अलगअलग भेटी पुनस्र्थापना भए प्रधानमन्त्री बनाउन सहयोग गर्ने वचन दिएका थिए । प्रचण्डको विश्वासमा देउवाले कांगे्रसमा संविधानसभा पुनस्र्थापनाको अभियान नै चलाएका पनि थिए । तर, गत बुधबार (असोज ३ गते) प्रमुख राजनीतिक दलहरूको बैठकले निर्वाचनमै जाने निष्कर्ष निकालेर पुनस्र्थापनाको एजेण्डा अघोषित रूपमा खारेज गरिदिएपछि प्रचण्ड निराश र आक्रोशित भएका छन् । पुनस्र्थापना अस्वीकार्य भएपछि प्रचण्डले कांग्रेस नेतृत्वको सरकार पनि अस्वीकार्य हुने घोषणा गरेका छन् । उनले जुन शैली र जुन उचाइको स्वरमा कांगे्रसलाई सरकारको नेतृत्व दिन नसकिने घोषणा गरिरहेका छन् यसले ‘पुनस्र्थापना’मा नजाने निर्णयबाट उनी कति चोटग्रस्त बन्न पुगेका छन् भन्ने कुराको संकेत गरिरहेको छ । संयुक्त बैठकले निर्वाचन रोजेपछि प्रचण्डले कांगे्रसलाई सरकारको नेतृत्व नदिने उद्घोष मात्र गरेनन् सत्ताधारी गठबन्धनको बैठक बोलाएर कांगे्रस–एमालेलगायत प्रजातन्त्र पक्षधर दलहरूमाथि दबाब सिर्जना गर्न देशव्यापी संघर्ष गर्ने धम्की पनि दिएका छन् र यसक्रममा देशका पांच मुख्य सहरहरूमा आमसभा राखी सडकमा शक्ति प्रदर्शन गर्ने कार्यक्रमसमेत तय गरिएको छ । यसरी ‘कहीं नभएको जात्रा हांडीगाउंमा’ भनेझैं विश्व राजनीतिको इतिहासमा जो सत्तामा छ उसैले प्रतिपक्षीविरुद्ध संघर्ष गर्ने अनौठो र उदेकलाग्दो दृष्टान्त प्रचण्डहरूले प्रस्तुत गरेका छन् । सामान्यतया प्रजातन्त्रमा सडक प्रतिपक्षको मानिन्छ, तर सत्तापक्षले सडकसमेत कब्जा गर्न प्रयास गरेर नेपालमा अधिनायकवादी शासन स्थापनाको अभ्यास प्रचण्डले गरेका छन् । स्मरणीय छ, निर्वाचनमा लज्जाजनक पराजय हुने देखिएपछि प्रचण्डले मधेसी मोर्चासंग मिलेर चुनाव लड्ने योजना बनएका छन् । तराईमा मधेसी मोर्चासंग र पहाडमा जनजाति नश्लका व्यक्ति तथा समूहसंग गठबन्धन गरेर चुनावमा जांदा कांगे्रस–एमालेलगायत राष्ट्रवादी र प्रजातन्त्रवादी शक्तिलाई परास्त गर्न सकिने विश्वास र विश्लेषण प्रचण्डले गरेका छन् । पुनस्र्थापनाको योजना सफल भएको भए पनि एमाओवादी र मधेसी मोर्चाबीचको गठबन्धन कायम रहने र अन्य दलहरूमा विभाजन ल्याई जनजातीय नश्लका केही ‘सभासद्’हरूलाई समेत मिलाएर दुईतिहाई बहुमत पु¥याउने योजना प्रचण्डको थियो । तात्कालिक संविधानसभाका तीन सय चौध (३१४) जना सदस्यको हस्ताक्षर लिएर बसेका प्रचण्डले पुनस्र्थापना भएको अवस्थामा दुईतिहाई मत जुटाएर राष्ट्रपति परिवर्तन गर्ने र सरकारको नेतृत्व आफ्नै हातमा लिई संविधान निर्माण प्रक्रियामा समेत कांगे्रस–एमालेलाई रक्षात्मक बनाउने चालबाली रचेका थिए । आफ्नो सपना भंग भएपछि प्रचण्ड विक्षिप्तझैं भएका छन् र प्रतिपक्षीविरुद्ध सत्ताको आडमा संघर्ष सुरु गर्ने तयारीमा जुटेका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्कालाई पनि हटाएको छ । खड्काले दल त्याग गरेको सूचना माओवादी

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षकालाई हटाएर स्थायी समिति गठन गरेका छन्

काठमाडौं । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका एमाले सांसद कारबाहीमा परेका छन् । नेकपा एमाले महाधिवशेन आयोजक कमिटीको

नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले २० हजार क्रियाशील सदस्यता बनाएको छ । यसका लागि पुराना सदस्यता नवीकरणसँगै नयाँ सदस्यता प्रदानसमेत गरी दोब्बर