तालिवानले महिला खेलाडीको टाउको काटेर हत्या गरे

५ कार्तिक २०७८, शुक्रबार १६:४० मा प्रकाशित

एजेन्सी । तालिवानले अफगानिस्तानकी एक महिला भलिबल खेलाडीको टाउको काटेर उनको तस्विर सामाजिक सञ्जालमा पोस्ट गरेको छ । काबुल नगरपालिका भलिबल क्लबकी खेलाडी महजबिनलाई जिहादीले टाउको काटेर हत्या गरी सामाजिक सञ्जालमा तस्विर राखेको उनका प्रशिक्षकले पर्सियन इन्डिपेन्डेन्टसँगको एक अन्तर्वार्तामा भनेकी छिन् ।

महजबिनलाई तालिवानले अफगानिस्तानको सत्तापलट गर्नुअघि हत्या गरेको जनाइएको छ । तालिवानले मध्यअगस्टमा काबुल कब्जा गरेका थिए । कतिपयले उनले आत्महत्या गरेको बताएका छन् । सार्वजनिक भएको एक तस्विरमा उनको घाँटीमा चोट लागेको देखिन्छ ।

जिहादीले उनका परिवारलाई घटना गुपचुप राख्न दबाब दिएकाकारण त्यस बारेमा अहिले खुलासा भएको प्रशिक्षकले बताएकी छिन् । उनको बिभत्स तस्विर देखेपछि आफूले घटनाबारे खुलासा गर्ने निर्णय गरेको उनका कोचले बताएका छन् ।

घटनापछि भलिबल टिमका सम्पूर्ण साथी र महिला खेलाडी त्रसित बनेको विवरणमा जनाइएको छ । यस्तै, अफगानिस्तानस्थित प्याक इन्भेटिगेटिभ जर्नालिजम सेन्टरले तालिवानले टाउको काटेर हत्या गरेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लिस्बोन । पोर्चुगलमा संसद विघटन गर्दै अग्रिम निर्वाचनको घोषणा गरिएको छ । राष्ट्रपति मर्केलो रिबेलो डि सौसाले आइतबार संसद विघटन

काठमाडौं । भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जी नेपाली कांग्रेसको महाधिवेशनमा सहभागी हुन आगामी शनिबार काठमाडौं आउने भएकी छिन् ।

बान्जुल, गाम्बिया । गाम्बियाको राष्ट्रपति चुनावमा आदामा ब्यारोेले दोस्रो कार्यकालमा सहजै जित हासिल गरेका छन् । आइतवार ढिलो नतिजा घोषणा

वर्माकी नेतृ आङ सान सुकीलाई चार वर्ष जेल सजाँय ताेकिएकाे छ । म्यानमारकाे सैनिक सरकारले नेतृ सूचीलाई साेमबार चार वर्ष