फिजीमा नयाँ राष्ट्रपति निर्वाचित

५ कार्तिक २०७८, शुक्रबार १६:३५ मा प्रकाशित

सुभा । फिजीमा शुक्रबार नयाँ राष्ट्रपति चयन गरिएको छ । फिजीको संसदले रातु विलियम कातोनिभेरेलाई नयाँ राष्ट्रपतिमा निर्वाचित गरेको घोषणा गरेको छ ।

उनले यसअघिका राष्ट्रपति जिओजी कोनौटेलाई विस्थापित गरेका हुन् । कोनौटेले राष्ट्रपतिको दुई कार्यकाल पूरा गरेका छन् । कातोनिभेरेले भोरेक्व बैनीमारामालाई प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

संसदमा भएको मतदानमा कातोनीभेरेले २८ मत प्राप्त गरेका थिए भने केपाले २३ मत प्राप्त गरेका थिए ।

संसदका सभामुख रातु इपेली नैलातिकौले कातोनीभेरेलाई राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गर्दै बधाई दिएका थिए । नवनिर्वाचित राष्ट्रपति कातोनीभेरे फिजिफस्ट पार्टीको पूर्व अध्यक्ष समेत छन् । उनले प्रधानमन्त्रीको जिम्मेबारी भने अर्को महिनादेखि सम्हाल्नु हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लिस्बोन । पोर्चुगलमा संसद विघटन गर्दै अग्रिम निर्वाचनको घोषणा गरिएको छ । राष्ट्रपति मर्केलो रिबेलो डि सौसाले आइतबार संसद विघटन

काठमाडौं । भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जी नेपाली कांग्रेसको महाधिवेशनमा सहभागी हुन आगामी शनिबार काठमाडौं आउने भएकी छिन् ।

बान्जुल, गाम्बिया । गाम्बियाको राष्ट्रपति चुनावमा आदामा ब्यारोेले दोस्रो कार्यकालमा सहजै जित हासिल गरेका छन् । आइतवार ढिलो नतिजा घोषणा

वर्माकी नेतृ आङ सान सुकीलाई चार वर्ष जेल सजाँय ताेकिएकाे छ । म्यानमारकाे सैनिक सरकारले नेतृ सूचीलाई साेमबार चार वर्ष