अमेरिकाको बोस्टन सहरमा नेपाली मेला भब्य रुपमा संपन्न

१० आश्विन २०६९, बुधबार ०२:४६ मा प्रकाशित

यम पौडेल, बोष्टन,  १० असोज । । ग्रेटर बोष्टनको समरभिल स्थित युनियन स्क्वायरमा पहिलो पटक आयोजित “नेपाल मेला” अत्यन्त रमाईलो सग सम्पन्न भयो । आयोजक ले सोचेको भन्दा पनि भब्य रहेको मेला अमेरिकन र नेपाली हरुले खचाखच थियो । शनिबार को दिन खुला आकाश मुनिको सार्बजनिक स्थल नेपालमय बनेको थियो अमेरिकामा । नेपाली झण्डा , हस्तकला बास्तुकलाका सामान, नेपाली पोशाक ,बिभिन्न नेपाली स्टल, गित सँगित , नृत्य र नेपाली डकुमेन्ट्री ले सजिसजाऊ थियो मेला । नेपाली सिनेरी पोष्टर र फोटोले भरिभराऊ थियो मेला । खासगरी समरभिल आर्ट काऊन्सिल व्दारा प्रस्तुत नेपाल मेला मा ग्रेटर बोष्टन नेपाली कम्युनिटि जि बि एन सि को भुमिका अग्रणी रहेता पनि समरभिल सिटी,स्क्याट टेलिभिजन, मासकल्चरल काऊन्सिल, ,हिमालयन लायन्स क्लब, बोष्टन नेपाल डट कम आदिको सहभागिता रहेको थियो ।
मेलालाई सुसेली समुह बोष्टन का नेपाली कलाकार हरुले कलात्मक पारेका थिए ।झण्डै एक घण्टा लामो सुसेलीका कलाकार हरुको साँस्कृतिक प्रस्तुति नेपाली पँचैबाजा बासुरी सारँङ्गी मादल सगै को आधिनिक तथा लोक गितले मेलालाई तताएको थियो ।कहिल्यै नेपाली कार्यक्रममा नदेखिने नेपाली हरु मेला भर्न आएका थिए, छमछमी चाचेका थिए। नेपाली हरु स्वस्फुर्त मेला मा नाचेको दृष्य अचम्म लागेको एक सहभागी अमेरिकनले बताए ।
स्टल तर्फ मेगन ओ ब्राईन ले समरभिल आर्ट काऊन्सिलको टेबल, एम पौडेल समेतले जि बि एन सि को टेबल,डा. ऊषा शर्मा समेतले अन्तराष्टीय नेपाली साहित्य समाज बोष्टन च्याप्टर (ILNS )को टेबल, हिमालय आर्ट एण्ड गुड्स लाई हिमालयन लायन्स क्लबले ,डा.बिशाल मैनाली एम.डी. ले फ्रि हेल्थ चेक -अप, नेपाली फोटो तथा पम्पलेटलाई शिब मिश्रले ,नेपाली धार्मिक महत्वका समान महेश सुबेदीले ,नेपाली मम तथा टि – सर्ट लाई नेहा ले, चटनी रेष्टुरेण्टको छुट्टै स्टल र हिमालयन बिष्ट्रो ले छुट्टै स्टल सँचालन गरेका थिए । मेलामा सहभागी नेपाली अमेरिकन सबैलाई परम्परागत नेपाली केतली बाट निशुल्क चिया तथा नेपाली जेरी बाडिएको थियो । नेपाली पहिरन तथा सामानहरु अमेरिकन हरुले निकै रुचाएका देखिन्थे थुप्रै अमेरिकनले नेपाली सामान खानेकुरा तथा गिफ्ट किनिरहेका थिए ।
बेलुका चार बजे शुरु मेलामा समरभिल आर्ट काऊन्सिलका पदाधिकारिले फेष्टिबलको बारेमा बताएपछि मेलाको लागी सुसेली तर्फका सँयोजक धन कुमार गुरुङव्दारा साँगेतिक ब्याण्डको बारेमा प्रष्ट्याऊने काम गरियो । ,न्यु योर्क देखि आएका लोकप्रिय कलाकार राज कपुर समेत सँलग्न सुसेली समुह को साँगेतिक झन्कार सगै कलाकार मिन के.सी र हरिमाया खतिवडा को लोक प्रस्तुती मा पुग्दा सम्म दर्शक हरु ठुलै समुहमा नाच्नपुगेका र अमेरिकन हरु दँग पर्न थालेका थिए । कलाकार महेश्वर पन्त, तथा बासु थापाका गित त्यतिकै शसक्त थिए भने नृत्य कलाकार ललिता शर्मा , ओसिन घिमिरे ,सुष्मा अधिकारी,निशा गुरुङ , सरस्वती गुरुङ ,पुष्पा गुरुङ, को फरक फरक नृत्य ले धेरैलाई नचायो । त्यसैगरी हिप्पो म्युजिक तर्फ सुबास बानिया र सौरव सिँ को फरक फरक प्रस्तुती ले दर्शक लाई पेट मिचि मिचि हसाएको थियो ।जि.बि.एन.सी.का बर्तमान ऊपाध्यक्ष् मिलन गुरुङ ले सँचालन गरेको स्टेज कार्यक्रम मा मेलाको लागी अग्रणी भुमिका निर्बाहा गर्ने जि बि एन सि का सल्लाहकार अच्युत अधिकारि व्दारा नेपाल र नेपालीको पहिचान खुला रुपमा अमेरिकन सामु राख्न पाऊनु र नेपाली समाज लाई अमेरिकी समक्ष पुराऊन पाऊदाको मज्जा आफुले पहिलोपटक महसुस गरेको , यो मज्जा सबै नेपालीले लिनुपर्ने बताऊदै आफ्नो साढे दुई दशकको अमेरिकी लाईफमा खुलेर नेपाली हरु सहभागी भएको भन्दै एथावत नेपाली एकता का लागी आव्हान भयो । खर्च सँयोजन कोलागी पनि साँस्कृतिक नेपाली कार्यक्रमहरुमा जादा टिकट लिन पर्ने हुन्थ्यो । यस पटक मेला निशुल्क र खुला भयो । चिया र जुलाफी निशुल्क गरियो । सहभागिता रहर लाग्दै भयो ।“ दिन जत्तिको मज्जा लिनमा नहुदो रैछ, दिदा समाज बढदो रहेछ लिदा घटदो” मेला पश्चातको प्रतिक्रियामा श्री अधिकारी को कथन रह्यो ।मेलालाई जिबिएनसि का सल्लाहकार डा. ऊषा शर्मा तथा अध्यक्ष लिला राऊत ले सँबोधन गर्दै सहभागी सहयोगी सबै प्रति धन्यबाद एवँ आभार ब्यक्त गरेँ ।कार्यक्रमको अन्त्यमा नेपाली पहिचान र अमेरिकाको नेपाली गतिबिधि समेटेर फोटो पत्रकार शिव मिश्र तथा स्क्याट टि भि ले तयार गरेको फिल्म डकुमेन्ट्री प्रस्तुत गरिएको थियो ।मेला मा हार्बर्ड युनुभर्सिटि का प्रोफेसर डा. शिव गौतम र अनेसास की पुर्व अध्यक्ष भारति गौतम पनि सहभागी रहेका थिए ।
बोष्टनमा पहिलो पटक आयोजित “नेपाल मेला “ को पक्षमा थुप्रै थुप्रै महानुभाब खटेर लागे । स्क्याट टेलिभिजनको हलमा सात आठ पटक अमेरिकन सगै मिटिङ बस्ने काम भयो । समरभिल आर्ट काऊन्सिल ले स्पेस, स्टेज , टेबल , सेक्युरिटी ,कम्युनिटी एवार्डनेस र मार्केटिङ आदीको ब्यबस्थापन मिलायो भने मेलाको लागी बिभिन्न टेक्निकल सर्पोट स्क्याट टिभिले गर्यो ।नेपाली मेला मा समरभिल सिटीको पनी सहभागिता देखियो जुन नेपालीको लागी सारै खुसिको कुरा हो ।मेलामा खटेर आफ्नै सौजन्यमा निशुल्क नेपाली चिया को ब्यबस्थापन गर्ने समरभिल निवासी श्रीमति मिना अधिकारीको ऊदारता ऊदाहरणिय रह्यो । एक दिन अगाडी मात्र नेपाल बाट नेपाली केतली ल्याऊने गोर्खाका प्रबिन कुवँर लाई कार्यक्रममा धन्याबाद दिईयो ।मेला आयोजना गर्न समरभिल आर्ट काऊन्सिलकी मेगन ओब्राईन र मिष्टर ग्रेग लाई मुरी मुरी धन्यबाद दिईयो ।मेलाको लागी बिभिन्न कोणबाट सहयोग पुराऊने महानुभाव धेरै छन जानकारी मा आएसम्म स्क्याट टि भि सग सँलग्न किरण खडका, बिजय तामाङ, शिव मिश्र, मिलन कार्की, सुसेली समुहका रञ्जन बुढाथोकी,सुन्दर गुरुङ, मिन के.सी, प्रबिन परियार ,भिम गुरुङ , निलम खतिवडा,शिसिर पौडेल, बासु थापा,सागर खतिवडा ,हरिमाया खतिवडा, जि बि एन सि का महासचिव राम थापा,पुर्व अध्यक्ष ऊत्सब गुरुङ , पुर्ब अध्यक्ष ध्रुब घिमिरे ,सल्लाहकार डा.ऊषा शर्मा, अध्यक्ष लिला राऊत,अर्जुन के सी ,हरि काफ्ले , सान प्रधान , जि बि एन सि का अन्य पदाधिकारि तथा लायन्स क्लब का पदाधिकारि रहेका छन । नेपाली लाई नेपाल बिर्साऊने मेला भयो । बिदेशीलाई नेपाल दर्शाऊने मौका भयो । आइन्दा नेपाल मेला हरेक बर्ष होस सँभव भए बर्षमा दुई पटक होस ।म पनि अर्को बर्ष स्टल राख्छु समरभिलकी मन्दिरा नेपालले भनिन । उहा जस्ता थुप्रै नेपाली मेलाबाट ऊत्साहित छन अर्को पटक थप स्टल राख्ने चाहना ब्यक्त गरेका छन । मेलाको कमी कमजोरीलाई लिएर नेपाली आयोजक हरु बेलुका नै समिक्षा मिटिङ बसेपनी अमेरिकन आयोजक सँग मेलाको समिक्षा बिहिबार मात्र हुनेछ । आयोजकको समिक्षा निचोड जे निस्के पनि यस प्रकारको मेला ले नेपाली सम्बन्ध अमेरिकी जनस्तर सम्म पुग्ने निर्बिवाद छ आईन्दा बर्षेनी नेपाल मेला गर्नु पर्ने सोँच आयोजकमा पनि आएको छ भने बोष्टनको नेपाली घर घरमा यसपाली मेलाको प्रशँसा राम्रै भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

लिसवोन । पोर्चुगलस्थित नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च पुनर्गठन भएको छ । ३५ सदस्यीय कार्य कार्यसमितिको अध्यक्षमा अध्यक्ष

नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा ओम शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यसमितिको उपाध्यक्षमा डिल्ली अम्माई, सचिवमा पेम्बा गेलु

दमास्कस । ओमानस्थित नेपाली राजदूतावासले हिजो शनिबार साहित्य र प्रकृतिसम्बन्धी एक वेबनारको आयोजना गरेको छ । काठमाडौँको सेरोफेरोका महत्वपूर्ण र